२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : शव राख्न आधुनिक उपकरण खरीद

१८ जेष्ठ २०७६, शनिबार ०५:२२

जेठ १८, गलकोट  । धौलागिरि अञ्चल अस्पतालले पहिलोपटक शव राख्न मिल्ने उकपरण (मर्चुरी चेम्बर) खरीद गरेको छ । धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त  रु १३ लाख ५० हजारले अस्पतालको शवगृहका लागि सो उपकरण खरीद गरिएको हो ।  

आफन्तले नबुझेका तथा सनाखत नभएका व्यक्तिको शव लामो समय राख्न नमिल्ने भएकाले आधुनिक शव राख्न मिल्ने उपकरण खरीद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताउनुभयो । “अस्पतालमा शव खुला राख्दा सड्ने गनाउने तथा अस्पताल परिसरमा दुर्गन्धित भएको थियो”, उहाँले भन्नुभयो, “आधुनिक शव राख्ने उपकरण खरीद गरेसँगै वर्षौंदेखिको समस्या सदाका लागि अन्त्य भयो ।”

सो ‘मर्चुरी चेम्बर’मा एकै साथ चार शव राख्न सकिन्छ । विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा सुविधा गुणस्तरीय नभएको बिरामीको गुनासो बढेसँगै व्यवस्थापन समितिको पहलमा विशेषज्ञ चिकित्सकसमेत राखिएको छ । सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको उक्त अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृतले सेवा प्रदान गरिरहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताउनुभयो । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायत सुविधासमेत प्रदान गर्न थालिएको छ । उक्त अस्पतालमा विशेषगरी स्वास्थ्य बीमा प्रभावकारी भएसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै