२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीको आन्दोलन : विमानस्थल सुनशान बन्दै, उडानमा कटौति

२० जेष्ठ २०७६, सोमबार १०:१७

जेठ २०, काठमाडौं । बैदेशिक रोजगार व्यवसायीहरु आफ्ना आन्दोलनको प्रभावकारिता हेर्न त्रिभुवन विमानस्थल पुगेका छन् । कामदार विदेश गइरहेका छन् की छैन भनेर छड्के अनुमगनका लागि व्यवसायी आँफै सोमबार बिहान विमानस्थल पुगेका हुन् । 

उडान हुने समयसम्म विमानस्थलको स्थलगत अवलोकन गर्दा विमानस्थल भित्रको प्रतिक्षालय सुनशान पाइएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए । व्यवसायीका जायज माग सम्बोधन गर्न सरकारलाई दवाब दिनकै लागि उडान ठप्प पार्नु परेको गुरुङको भनाइ छ ।  


बैदेशिक रोजगार व्यवसायीको पहिलो चरणको आन्दोलनका कारण विदेश उडान गर्दै आएका एएरर्लाइन्सको पनि उडान कटौती हुन थालेका छन् । सरकारले आफ्ना ५ बुंदे माग सम्बोधन नगरेपछि व्यवसायी संघले १७ गतेबाट बाट कामदारको लागि टिकट काट्न बन्द गरेर बैदेशिक रोजगारीको उडान ठप्प पार्न निर्णय गरेका थिए । 

व्यवसायीले बैदेशिक रोजगारीका लागि विदेश जाने कामदारहरुको टिकट काट्न बन्द गरेका छन् जसका कारण गत शुक्रबारबाट संस्थागत रुपमा जाने कामदारहरुको संख्यामा एक हप्ताका लागि कटौती भएको हो । तर कतिपय व्यवसायीले संघकै निर्णय विपरित कामदारको टिकट लिएको भन्दै व्यवसायीले नै विरोध गरेका छन् ।


यसै विच एएरअरेबियाको आजको १:४० को उडान लोड कम भएका कारण बेलुकी ८ बजेलाई मर्ज गरिएको एएरलाइन्सले जानकारी दिएको छ । म्यानपावर मार्फत हुने श्रम स्वीकृति मार्फत लिएर जाने कामदार रोकिए पनि पुन: श्रम स्वीकृति लिएर जाने कामदारहरु भने गईरहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले माग पूरा गरिदिन प्रधानमन्त्री समक्ष लिखित निवेदन समेत दर्ता गराइसकेका छन् । तर पनि सो मागपत्रबारे हालसम्म कुनै सम्बोधन भएको छैन । संघले प्रधानमन्त्री कार्यालयमा बुझाएको निवेदनमा श्रममन्त्री विष्टले आफ्ना माग पूरै वेवास्ता गरेकाले श्रममन्त्रीलाई निर्देशन दिन माग गरेको थियो ।


व्यवसाय गर्ने इजाजत लिन राख्ने धरौटी रकमको व्याज पाउने व्यवस्था गर्नुपर्ने, मर्जर हुने संस्थाहरुलाई उपयुक्त छुट, सुविधा र सहुलियत दिनुपर्ने, श्रम मन्त्रालयमा सुचिकृत मेडिकल संस्था मार्फत मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको थियो । तर श्रम मन्त्रालयले व्यवसायीका मागबारे हालसम्म सुनुवाई गरेको छैन ।  

७ दिन उडान ठप्प पार्दा पनि सरकारले वेवास्ता गरे विरोध, संघर्ष र असहयोगका थप कार्यक्रम मार्फत अनिश्चित कालका लागि बैदेशिक रोजगार बन्द गर्ने चेतावनी व्यवसायीले दिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य