Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

यार्सागुम्बाको चोरी निकासी रोक्न पाटनमै गस्ती

२०७६, २१ जेष्ठ मंगलवार ०८:२४

जेठ २१, दार्चुला ।यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ । जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय शुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती शुरु गरिएको हो ।यहाँस्थित अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा पाइने पाटनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालयका गेमस्काटउको गस्ती पठाएको जनाएको छ । अपि  नाम्पा संरक्षण क्षेत्र यार्सागुम्बा बढी पाइने स्थान छ ।

यार्सा पाटनमा हुने तस्करी रोक्नका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको उक्त संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो ।अपि हिमाल गाउँपालिकाको वडा नं १ लोलु रोखापु, क्षेत्रमा सशस्त्र प्रहरी र गेमस्काउटको गस्ती गएको छ । यस्तै वडा नं ३ को क्षत्तिधरमघर काटै, सुर्मा क्षेत्रमा नेपाल प्रहरी र गेमस्काउट पठाइएको छ । वडा नं ६ को चाइमटेला क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ ।

व्यास गाउँपालिकाको वडा नं १ को अपिनाम्पा फेद, वडा नं २ को दुधिवनलगायत यार्सा पाइने पाटनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती पठाइएको  छ । यार्सा पाइने क्षेत्रमा सम्भावित दुर्घटना हुन नदिन तथा चोरी तस्करी नियन्त्रणका लागि भन्दै गस्ती खटाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनुभयो । सशस्त्र प्रहरीबाट २१ जनाको टोली अपि हिमाल र २१ जनाको टोली व्यास गाउँपालिकामा परिचालन गरिएको छ । सशस्त्र प्रहरी १५ दिनका लागि यार्सा पाटनको गस्तीमा हिँडेको उहाँले बताउनुभयो ।

यस्तै नेपाल प्रहरी १० दिनका लागि २३ प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो । विगत वर्षमा पाटन खुल्नुअगावै तस्करले यार्सागुम्बाको चोरी निकासी गर्ने गरेकाले त्यसलाई रोक्न गस्ती पठाइएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । यो वर्ष अझै यार्सा पाइने पाटनमा भने हिउँ यथावत रहेको सङ्कलकले बताएका छन् । यो वर्ष पनि सङ्लकले यार्सागुम्बा सङ्कलन अनुमति नलिकनै लेकतिर प्रवेश गरेको बताइएको छ । 

जिल्लामा हरेक वर्ष दशौँ हजार सङ्लकहरु यार्सागुम्बा पाइने पाटनमा पुग्ने गरेका छन् । यहाँका बासिन्दाको मुख्य आयको स्रोत  यार्सागुम्बा हो । यार्सागुम्बा सङ्कलनका लागि अहिले ग्रामीण बस्ती रित्याएर सङ्कलक पाटन पुगेका छन् । पाटनमा स्थानीय सङ्कलकको भरिभराउ छ भने बस्ती रित्तिएका छन् ।अपि हिमाल गाउँपालिकाका २१ तथा व्यास गाउँपलिकाका आठ विद्यालय यार्सागुम्बाको लागि बन्द भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै