२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : ताराखोला गाउँपालिकाले दियो रोजगारी

२१ जेष्ठ २०७६, मंगलवार १३:१६

जेठ २१, गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका ९५ जनाले एकैसाथ रोजगार पाएका छन् । नेपाल सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत ९५ जनालाई रोजगारी प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

 गाउँपालिकाले आज औपचारिक कार्यक्रमको आयोजना गरी ९५ जनालाई २२ दिनसम्मका लागि श्रममा आधारित रोजगारी प्रदान गर्ने घोषणा गरेको हो । गाउँपालिका–५ मा आठ वटा श्रमिक समूह बनाएर सडक मर्मत गर्ने कामका लागि खटाएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । 

सरकारले स्थानीय तहमा रोजगार संयोजक खटाएर बेरोजगारको तथ्याङ्क सङ्कलन गरी रोजगारी दिन थालेको हो । ताराखोला गाउँपालिकामा मात्र ८०० बेरोजगार रोजगारीका लागि सूचीकृत भएकामा विभिन्न आधार छनोट गर्दा २८ महिला तथा ६७ पुरुष गरी जम्मा ९५ जनालाई पहिलो चरणमा रोजगारी प्रदान गरेको ताराखोला गाउँपालिकाका रोजगार संयोजक सलोनी थापाले बताउनुभयो । 

जिल्लामै पहिलोपटक ताराखोला गाउँपालिकामा बेरोजगारलाई रोजगारी प्रदान गरिएको हो । रोजगारी प्रदान गरेको ९५ जनालाई सडक मर्मत सम्भारमा खटाइने तयारी भएको गाउँपालिकाले जनाएको छ । घोषणा कार्यक्रममा रोजगार प्रदान गरेका कामदारहरुलाई रु चार लाख ५० हजार बराबरको सडक मर्मतका लागि आवश्यक सुरक्षा पोशाक, गैची, बेल्चा, घन, बाउँसो, हँसियाजस्ता आवश्यक औजारसमेत हस्तान्तरण गरिएको थियो । 

“कामका आधारमा हुने भेदभावको अन्त्य गरौँ’ भन्ने नाराका साथ पाँचवटै वडाका महिला तथा पुरुषलाई रोजगारी प्रदान गरिएको छ”, रोजगार संयोजक थापाले भन्नुभयो, “छोटो समयलाई भए पनि रोजगारी प्रदान गर्न सफल भएका हौँ ।” प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार प्रदान गर्नका गाउँपालिकामा रु २१ लाख बजेटले विनियोजन गरेको छ ।

गाउँको विद्यालयमा कम्प्युटर शिक्षा

 बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माविका विद्यार्थीले कम्प्युटर शिक्षाको अवसर पाएका छन् । कक्षा ६, ७ र ८ का ९० जना विद्यार्थीले दैनिक कम्प्युटर विषय पढ्छन् ।

कम्प्युटर शिक्षाका लागि ‘एडुटिच नेपाल’ले प्राविधिक सहयोग गरेको थियो । “हरेक दिन ४५ मिनेटको कम्प्युटर कक्षा हुन्छ”, प्रधानाध्यापक रामबहादुर केसीले भन्नुभयो, “विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै रुपमा सिक्छन् ।”

कम्प्युटर शिक्षक प्रेमप्रसाद गौतमका अनुसार ‘वर्ड’, ‘एक्सल’, ‘पावर पोइण्ट’, ‘प्रोग्राम डिजाइन’लगायतका विषयमा पढाइ हुन्छ । वार्षिक रुपमा ५० अङ्कको लिखित र ५० अङ्कको प्रयोगात्मक परीक्षा हुन्छ । 

विद्यार्थीले रुचिपूर्वक कम्प्युटर विषय पढ्ने, सिक्ने गर्छन् । विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि २० वटा कम्प्युटर छन् । शिक्षकले कम्प्युटर र ‘स्मार्ट बोर्ड’बाट विद्यार्थीलाई पढाउँछन् । कक्षागत रुपमा पढाउने विषय पनि फरक छन् ।

कम्प्युटर विषयमा विद्यार्थीको आकर्षण बढेपछि थप कम्प्युटर र सन्दर्भ सामग्रीको खाँचो रहेको शिक्षक गौतमले बताउनुभयो । विद्यार्थीको पढाइ अनुगमन पनि कम्प्युटरबाटै हुन्छ । “हरेक विद्यार्थीसँग पुग्नु पर्दैन”, कम्प्युटर शिक्षक गौतमले भन्नुभयो, “अगाडिको कम्प्युटरबाट सिकाउन, गल्ती भए सच्चाउन सकिन्छ ।”

विद्यार्थीले पढ्ने बेला गरेका गतिविधि पनि कम्प्युटरबाटै निगरानी हुने गर्छ । कम्प्युटरमा पढाइभन्दा बाहेक अनावश्यक काममा विद्यार्थी भुल्न पाउँदैनन् । विद्युतीय पुस्तकालयका रुपमा पनि कम्प्युटर कक्षाको प्रयोग हुँदै आएको छ । 

विभिन्न विषयका पुस्तक तथा अन्य सन्दर्भ सामग्री कम्प्युटरबाटै पढ्न पाइने व्यवस्था छ । शिक्षकदेखि सबै व्यवस्थापनका काम विद्यालय आफैँले गर्दै आएको छ । कम्प्युटर कक्ष स्थापनाका लागि ‘एडुटिच नेपाल’ले रु दश लाख बराबरको उपकरण र फर्निचर उपलब्ध गराएको थियो ।

विद्यालयमा आधुनिक र प्राविधिक विषयको पढाइलाई जोड दिइनुपर्ने वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । “पुस्तक मात्र पढाएर हुँदैन, विद्यार्थीलाई सीपयुक्त बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “कम्प्युटर विषयको पढाइले गाउँका विद्यार्थीलाई पनि प्रतिस्पर्धी हुन सघाएको छ ।” 

राज्य तहबाटै कम्प्युटरलगायतका प्राविधिक विषयको पठनपाठनमा विशेष योजना ल्याउनुपर्ने उहाँको भनाइ छ । जिल्लाका अन्य विद्यालयमा पनि कम्प्युटर शिक्षाको पढाइ हुन्छ । कतिपय विद्यालयमा दक्ष शिक्षकको अभावमा कम्प्युटर शिक्षा प्रभावहीन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै