२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जनता आवास कार्यक्रम मार्फत घर निर्माण भएपछि दलित समुदायमा छायो खुसी

२३ जेष्ठ २०७६, बिहीबार ०६:५९

सम्राट सिंह, जेठ २३, बझाङ  । सरकारले जनता आवास कार्यक्रम मार्फत दलित समुदायका घर निर्माण गरेपछि दलित समुदायका मानिसहरु खुसी भएका छन ।

सरकारले बझाङमा विभिन्न मापदण्ड अनुसार दलित समुदायका घर निर्माण गरेपछि दलित समुदायका मानिसहरु खुसी भएका हुन ।

जनता आवास कार्यक्रम मार्फत सरकारले गतबर्ष जयपृथ्वी नगरपालिका १० मा ५० घर र थलारा गाउँपालिकामा ५० घर निर्माण गरेको थियो ।


बर्षादको समयमा पनि पाल अथवा चुहिने छानोका भरमा दिनरात गुजारी रहेका दलित समुदायका बासिन्दाहरुलाई सरकारले जनता आवास कार्यक्रम मार्फत २ कोठे भवन निर्माण गरिदिएपछि राहत मिलेको छ ।

सरकारको जनता आवास कार्यक्रम गरिब दलित समुदायका लागि भएको तर पहुँचको आधारमा हुनेखाने दलित समुदाय घर निर्माण भएको केहि दलित बासिन्दाहरुको आरोप छ । 

सरकारले दलित समुदायका गरिब परिवारलाई भुकम्प प्रतिरोधात्मक घर निर्माण गरेपछि आफु एकदमै सन्तुष्ट भएको जयपृथ्वी नगरपालिका १० का प्रेम बहादुर सुवर्णकारले बताए ।


सरकारले गतबर्ष जनता आवास कार्यक्रम मार्फत नै बझाङका चैनपुरका ४ वटा बादी समुदायका घर निर्माण गरेको थियो । जनता आवास कार्यक्रम अन्र्तगत घर निर्माण भएपछि हाल बादी समुदायका बासिन्दाहरुले ओभानोमा सुत्न पाएका छन । 

सरकारले बादी समुदायका घर निर्माण गरेर एकदमै राम्रो काम गरेको जयपृथ्वी नगरपालिका १० की राधिका सुनारले बताइन् ।

उनले भनिन् यसरी चुने छानोमुनी बसेर जिवन गुजारी रहेका बादी समुदायका बासिन्दाहरुले घर निर्माण भएपछि स्वतन्त्र रुपमा बस्न पाएका छन । 

जनता आवास कार्यक्रम अन्र्तगत बादी समुदायका घर निर्माण को जिम्मा स्थानिय ठेकदार तथा जयपृथ्वी नगरपालिका १० का वडा अध्यक्ष दल बहादुर बिष्टले लिएका थिए ।  

बादी समुदायका ४ वटा घर जनता आवास कार्यक्रम मार्फत निर्माण भएको बताउँदै वडा अध्यक्ष दल बहादुर बिष्टले जनता आवास कार्यक्रम को बजेटले मात्र नभएर बादी समुदायका घर निर्माण गर्न आफ्नो व्यक्तिगत खर्च समेत भएको बताए । 

फोटो क्याप्सन :बझाङमा जनता आवास कार्यक्रम अन्र्तगत निर्माण भएका घर तस्बीर सम्राट सिंह 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य