२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत : लुङ्खु–हुवास सडक कालोपत्र हुने

२३ जेष्ठ २०७६, बिहीबार ०७:१६

जेठ २३, पर्वत । पर्वतको सदरमुकामदेखि कुस्मा बजारसम्म जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढेको छ । 

पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुङ्खु हुवास सडक कालोपत्र गर्नका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) पर्वतले टेण्डर आह्वान गरेको हो । टेण्डर आह्वानसँगै कालोपत्रका लागि प्रक्रिया शुरु भएको छ । 

आरसिआइपीले लुङ्खु हुवास सडकको १५ किलोमिटर खण्डका ठेक्का आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रया शुरु गर्न सहमति दिएपछि आयोजनाले ठेक्काका लागि सूचना आह्वान गरेको हो । उक्त सडक कालोपत्र गर्नका लागि गएको मङ्सिरमा विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार भएको थियो । डिपीआर तयार भए पनि ठेक्का सम्झौता गर्न स्वीकृति नदिँदा अन्योल कायम थियो । 

ठेक्का आह्वानपछि निर्माण प्रक्रिया अघि बढेको आयोजनाका कार्यक्रम व्यवस्थापक विजय रानामगरले बताउनुभो ।  महाशिला र पैँयु गाउँपालिका जोड्ने २० किमी को यो सडक कालोपत्रे भएपछि पैँयु गाउँपालिकाका बासिन्दा स्याङ्जा, पोखरा भएर वर्षायाममा कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ । कुश्मादेखि फलेवाससम्मको ६ दशमलव ७ किमी सडक कालोपत्र भइसकेको छ भने लमाय खोलादेखि लुङ्खुसम्मको १३ किमी सडक कालोपत्र गर्न काम भइरहेको छ । 

अब लुङ्खु देउरालीदेखि हुवास सडकखण्ड पनि कालोपत्र हुने भएपछि कुश्मादेखि सुदूरदक्षिण पर्वतको हुवासलाई कालोपत्र सडकले जोड्ने छ । सडक कालोपत्रको काम अबको दुई वर्षभित्र पूरा भएपछि कुस्मादेखि हुवाससम्म कालोपत्र सडकमा यात्रा गर्न सकिनेछ । यो सडकमा पर्ने शेराबेंसी र गेडीखोलामा पक्की पुलको पनि डिपीआर बनाउने काम अन्तिम चरणमा छ । यी पुल पनि यसै वर्ष ठेक्का प्रक्रियामा जानेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य