२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम बडिगाडमा सम्पन्न

२३ जेष्ठ २०७६, बिहीबार ११:४१

कमल पौडेल | जेठ २३, बागलुङ | बडिगाड महिला तथा बालवालिका शसक्तिकरण केन्द्रको आयोजनामा तथा बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा २ दिने प्रजनन् स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बडिगाड गाउँपालिका भित्रका १३ ओटा माध्यमिक विद्यालय मध्य ६ विद्यालयका ८/८ जना गरि ४८ जना विद्यार्थीहरुलाई भिमगिठे माविमा र ७ विद्यालयका ८/८ जना गरि ५४ जना विद्यार्थीहरुको लागी भानु मावि ग्वालीचौरमा सो कार्यक्रम गरिएको छ ।


यसै विच भानु माविमा बुधवार भएको समापन कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. ५ का अध्यक्ष अर्जुन खरेलले आगामी वर्षको वजेटमा बालवालिकाको क्षेत्रमा थप कार्यक्रम गर्ने गरि वजेट व्यावस्थापन गर्नुपर्ने बताउनु भएको छ। भानु माविका प्रधानाध्यापक केशव खरेलले शसक्तिकरण केन्द्रलाई बालवालिकाको काम गर्न विद्यालय संग जोडिनुपर्ने बताउनु भयो । 

पत्रकार कमल पौडेलले विद्यालयमा गठन भएका बाल क्लव, रेडक्रस, स्काउट जस्ता संस्थालाई क्रियाशिल गराउनुपर्ने भन्दै त्यसको लागी गाउँपालिकाले पनि सहयोग गर्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा विद्यार्थीहरुको तर्फवाट विमल घर्ति र मनिषा थापाले तालिमले सकारात्मक प्रभाव पारकोको बताउनुभएको छ । 


तालिमको स्वास्थ्यकर्मि निरञ्जन यादव र दिपेन्द्र केसिले सहजिकरण गर्नुभएको थियो। समापन कार्यक्रम शसक्तिकरण केन्द्रका अध्यक्ष विना थापाको अध्यक्षता तथा सचिव माया केसिको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै