2026-06-18 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

भुम्लुमा स्थानीय पाठ्यक्रममा शिक्षण

2019-06-07

जेठ २४, काभ्रे | भुम्लु गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी अध्यापन शुरु गरेको छ । पाँच विषयवस्तु समेटिएको उक्त पाठ्यक्रमका आधारमा गत बिहीबारदेखि स्थानीय विद्यालयमा शिक्षण शुरु गरिएको छ । 

भौगोलिक अवस्था तथा स्थानीय आवश्यकतालाई महत्व दिएर विपद्, सूचना–प्रविधि, कृषि, स्थानीय स्रोत तथा भुम्लुको परिचय समेटिएको पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख रमेशराज खरेलले बताउनुभयो । उहाँका अनुसार एक सय भार (पूर्णाङ्क) तोकिएको उक्त पाठ्यक्रम चालू शैक्षिक सत्रमा पाठ्यक्रमका आधारमा शिक्षण गरिनेछ भने अर्को वर्ष पुस्तक तयार भई सक्नेछ । “हिजोदेखि सबै विद्यालयमा पाठ्यक्रमअनुसार शिक्षण शुरु भएको छ”, खरेलले भन्नुभयो । 

नेपालको संविधान–२०७२ ले स्थानीय सरकार सञ्चालनका लागि एकल तथा संयुक्त अधिकारसहितको व्यवस्था गरेको थियो । सोही आधारमा स्थानीय तहले विद्यालय शिक्षा सञ्चालन तथा पाठ्क्रम निर्माण अधिकार पाएसँगै काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । एक वर्षको अध्ययनपछि विभिन्न सङ्घसंस्थाको सहयोगमा उक्त पाठ्यक्रम निर्माण गरिएको हो । 

गाउँपालिका अध्यक्ष गुमानध्वज कँुवरले यस वर्ष पाठ्यक्रम तयार पारिएको र अर्काे शैक्षिक सत्रबाट पुस्तक तयार गरी शिक्षण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा पाठ्यक्रम निर्माण हाम्रो पहिलो प्रयास हो, हामी कार्यान्वयनको चरणमा छौँ ।” कार्यान्वयनपश्चात् प्राप्त पृष्ठपोषणको आधारमा यसलाई आवश्यक परिमार्जन गरी पाठ्पुस्तक तयार गरिने उहाँले बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नारायण पौडेलले स्थानीय जीवनोपयोगी पाठ्यक्रम निर्माण गरी भुम्लु गाउँपालिकामा शिक्षण राम्रो पक्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञ समूहको लामो अध्ययन अनुसन्धान र मिहेनतबाट निर्माण भएको स्थानीय पाठ्यक्रम लाभदायी देखिन्छ ।” भुम्लु गाउँपालिकामा ४५ वटा सामुदायिक विद्यालय छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी