२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने

२५ जेष्ठ २०७६, शनिबार ०३:३२


जेठ २५ , कास्की |गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तव्यको छवि स्थापित गर्ने बताउनुभयो ।

जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गर्न पर्यापर्यटन, माइस पर्यटन, जल पर्यटन, कृषि पर्यटन, खेल पर्यटन, शैक्षिक पर्यटन, धार्मिक पर्यटन र ग्रामीण पर्यटनजस्ता पर्यटन व्यवसायको विविधकरण र विस्तारमा जोड दिने सरकारको लक्ष्य छ ।

पर्यटन क्षेत्रलाई अन्य क्षेत्रसँग आबद्ध गरी उत्पादकत्व वृद्धि गर्ने, घरवास कार्यक्रमलाई प्राङ्गारिक कृषि उत्पादन र साना तथा घरेलु उत्पादनसँग आबद्ध गरी पर्यटन प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । पोखरा–काठमाडौँ–लुम्बिनीलाई गौतमबुद्ध स्वर्णिम त्रिकोणको रुपमा विकास गर्न सङ्घीय सरकार र अन्तरप्रदेश सहकार्यमा जोड दिने सरकारले भनेको छ । पर्यटकीय पूर्वाधारको विकास गर्दा पुरातात्विक महत्वका धार्मिक, सांस्कृतिक, ऐतिहासिक मठमन्दिर, गुम्बा र गुफालगायत मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्ने भनिएको छ ।

प्रदेशभित्रका अन्नपूर्ण चक्रीय पदमार्ग, मनास्लु धौलागिरि तथा ढोरपाटन शिकार आरक्षलगायत संरक्षित क्षेत्रका पदमार्गको स्तरोन्नति गर्ने र ग्रामीण पर्यटन केन्द्रको स्तरोन्नति र पर्यटन सेवा सूचना केन्द्रको संस्थागत व्यवस्था गर्ने भनिएको छ ।

सरकारले पदमार्गको स्तरोन्नतिलाई प्राथमिकतामा राख्नु प्रशंसायोग्य भएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेल बताउनुहुन्छ । “भइरहेका पदमार्गको संरक्षण गर्दै बाटो खन्ने नाममा पदमार्ग क्षेत्रमा जथाभावी डोजर चलाउने प्रवृत्ति तत्काल रोकिनुपर्छ”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेश पदयात्रा पर्यटनमा अत्यन्त सम्भावना बोकेको स्थल हो ।” 

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै नीति तथा कार्यक्रममा सन् २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष अभियान सञ्चालन गरी सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रचारप्रसार, बजार प्रवद्र्धन तथा पूर्वाधार निर्माण जोड दिइने भनिएको छ ।पोखरालाई हवाई ‘हब’ बनाउन नेपालका प्रमुख शहर, प्रादेशिक राजधानी र छिमेकी देशका शहरसँग हवाई मार्गद्वारा जोड्ने नीति लिइने र घरवासलगायतका प्रमुख पर्यटकीय गन्तव्यमा आवश्यकताअनुसार हेलिप्याड निर्माण गर्ने सरकारको लक्ष्य छ ।

मुस्ताङ, मनाङ र उत्तरी गोरखालाई फिल्म सिटी र विशेष पर्यटन क्षेत्रको रुपमा विकास गर्ने नीति लिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा आगामी वर्ष उपल्लो मुस्ताङलाई जियो पार्क घोषणा गरी संरक्षण तथा प्रवद्र्धन गर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वको लोमन्थाङ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भनिएको छ ।

गण्डकी प्रदेशको पर्यटनलाई विश्वव्यापी प्रतिस्पर्धी बनाउन डिजिटल पर्यटन कार्यक्रम सञ्चालन गर्ने, प्रदेशका पर्यटकीयस्थलको प्रचारप्रसार गर्न विश्वका प्रमुख भाषामा ‘वेब पोर्टल’ निर्माण गरी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रदेशभित्र पर्यटन सेवा प्रदान गर्न उपयुक्त संस्थागत संरचना खडा गरी पर्यटन प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।  पोखरामा प्राकृतिकरुपमा धेरै सम्पदा भए पनि मानव निर्मित पर्यटकीय संरचना कम रहेको नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सन्तोष पोखरेल बताउनुहुन्छ । सरकारले पूर्वाधार विकासलाई प्राथमिकता राखिनुले यसतर्फको सम्भावना बढाएको उल्लेख गर्दै उहाँले पर्यटकको बसाई लम्ब्याउन पनि पूर्वाधार विकास अपरिहार्य भएको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य