२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पर्यटनको गुरुयोजना बनाउदै कर्णाली प्रदेश

२०७६, २५ जेष्ठ शनिबार ०६:४६



पर्यटन, ऊर्जा र जडीबुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्न लागेको हो । पर्यटन गुरुयोजना निर्माण गर्नका लागि कर्णाली प्रदेश सरकारले छ जना प्राविधिक विज्ञको टोलीलाई परिचालन गरेको छ ।  

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा निर्माण गर्न लागिएको पर्यटन गुरुयोजना निर्माणमा कार्यरत प्राविधिकको टोली अहिले कर्णाली प्रदेशका जिल्ला–जिल्लामा योजना तर्जुमा गोष्ठीमा जुटिरहेका छन् । यसैक्रममा जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गामा योजना छलफल भएको छ । 

जाजरकोटमा भएको छलफलबाट ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेका र प्राकृतिक सुन्दरताले भरिएका झण्डै ७५ वटाभन्दा बढी पर्यटकीयस्थलको नाम सूचीकृत गरिएको पर्यटन गुरुयोजना निर्माणका समूहका प्रमुख रामचन्द्र सेडाइँले जानकारी दिनुभयो ।

 त्यसैगरी उक्त छलफलले साहसिक पर्यटनका लागि याप्टिङ र पदमार्गलाई छनोट गरेको छ । जाजरकोटको परिबगरदेखि छेडाचौरसम्म भेरी नदी जलयात्रा छनोट गर्ने क्रममा रिम्ना र छेडाचौरलाई जलयात्राको बास स्थान छनोट गरिएको समूहका प्रमुख सेडाइँले बताउनुभयो ।

भेरी नदी आसपासमा रहेका तल्लुबगर, मन्मै, कालीमाटी, रिम्ना, कालेगाउँ, कुदु, फेरा, आलीलगायतका ठाउँमा होटल, भलिबल तथा ब्याटमिन्टन फिल्डलगायतका विभिन्न मनोरञ्जनात्मकस्थल बनाउन प्रस्ताव गरिएको छ । गोष्ठीले जुम्ला र डोल्पालाई जोड्न चाखुरे र नदईडाबलाई पदमार्गमा छनोट गरेको छ ।छेडागाडको थलह–राजीकोट हुँदै नदईडाब पदमार्गले जुम्ला जिल्लालाई मात्र जोड्ने भएको छ भने खलङ्गा–पाँचकाटिया, सिल्पाचौर–रामीडाडाँ–घाट हुँदै जाने चाखुरे पदमार्गले जुम्ला र डोल्पा जिल्लालाई जोड्नेछ । बारेकोट गाउँपालिका–१ सिल्पाचौरलाई मुख्य घरवासस्थलका रुपमा छनोट गरेको छ भने कुशे गाउँपालिका–५ ढिमे र नलगाड नगरपालिका–५ खानटाकुरालाई सहायक घरवास स्थलका रुपमा छनोट गरेको छ ।भौगोलिक रुपमा कर्णाली प्रदेशको केन्द्रबिन्दुमा जाजरकोट जिल्ला रहनु, भारत र चीनलाई जोड्ने त्रिदेशीय दु्रतमार्गका रुपमा रहेको भेरी करिडोर जाजरकोट जिल्ला भएर डोल्पा जानु, एक हजार ७७६ किलोमिटर लम्बाइ रहेको मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा ८२ किलोमिटर दूरी रहनुलाई पर्यटन विकासको सम्भावनामा राखिएको छ ।

 विश्वकै उत्कृष्ट बहुमूल्य काइनाइट, टुर्मालिन, गार्नेट, रुवीलगायतका रत्नपत्थरको भण्डारस्थल रहेको जाजरकोटमा पाइने फलाम, तामा, ग्राफाइडजस्ता खनिजलाई पनि पर्यटन विकासका खम्बाका रुपमा लिने गरिएको छ ।

डोल्पा जिल्लाको प्रवेशद्धारको रुपमा रहेको जाजरकोटको जलाशययुक्त नलगाड जलविद्युतले जिल्लाको पर्यटन विकासमा योगदान गर्न सक्ने अनुमान गरिएको छ । विभिन्न जङ्गलमा पाइने ५० भन्दा बढी प्रजातिका बहुमूल्य जडीबुटी, विश्वकै दुलर्भ वन्यजन्तु रेडपाण्डा, सुनगिद्ध, चिरकालिज, जलेवा, डाँफे, मुनाल, कस्तुरीलगायतका जनावर र पंक्षीले पनि पर्यटन विकासमा सहयोग गर्ने बुझाइ राखिएको छ । छेडाखोलाका माछा, पाली, कल्पत र मैदेको कात्तिके मह र बारेकोटी गाभालाई जाजरकोटको परिचयका रुपमा राखिएको छ ।

जिल्लाको पर्यटन विकासमा योगदान गर्न सक्ने निजी क्षेत्रलाई प्रवद्र्धन गर्न होटल व्यवसायीलाई सरकारले अनुदान दिने व्यवस्था गर्नुपर्ने, पर्यटन उद्योगमा काम गर्ने मानवीय क्षमता विकासका लागि विभिन्न सीप विकास तालीमको आयोजना गर्नुपर्ने, पूर्वाधार विकासका योजना बनाई निर्माण कार्य सम्पन्न गर्नुपर्ने जिल्लावासीले माग राख्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय