Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

झोलुङ्गे पुल उद्घाटन नहुँदै जीर्ण, लाखौको लुट भएको हुनसक्ने आशंका [भिडियो]

२०७६, २५ जेष्ठ शनिबार १२:४४



 पर्वतको सदरमुकाम कुश्मा बजारसँग जोड्ने गरी मोदी खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन नहुँदै बन्द भएको छ ।

कुश्मा खेरहादेखि अधिकारी फाँट ज्ञादी जोड्ने गरी ३ सय ५९ मिटर लम्बाई र १ सय २८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको एक महिना नवित्दै पुल कमजोर देखिएपछि बन्द गरिएको हो ।

२०७५ सालमा निर्माण सुरु  भएको पुलको संचालनमा नआउँदै विग्रिनुले लाखौको भ्रष्टाचार भएको स्थानीयबासीले आशंका गरेका छन् ।

दुई करोडमा निर्माण भएको पुल सम्पन्न भएपछि ज्ञादी, शंकरपोखी, खौलालाकुरी, पिपलटारीका बासिन्दाहरुलाई सदरमुकाम झर्न सजिलो भएको थियो । पुलमा आवातजावत गर्दा पुल बाँङ्गो र कमजोर भएको महसुस गरेको स्थानीयबासीले बताएका छन् ।

पुलको लट्ठा कस्नेभन्दै अहिले पुलको वाल भत्काउन शुरु गरिएको छ  भने पुलको साइटमा लगाइएको तार जाली पनि निकाल्ने बताइएको छ ।

पुल उद्घाटन र हस्तान्तरण नहुँदै जीर्ण बनेपछि निर्माण कम्पनीले फेरी बनाउन थालेको छ तर पुलको गुणस्तरमा भने अझै प्रश्न चिन्ह उठेको छ ।

कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवास शर्मा पौडेलले पुल हस्तान्तरण भइनसकेकोले यसको सम्पूर्ण जिम्मेवारी निर्माण पक्षले नै लिने बताए । उनले यस विषयमा मन्त्रालयसम्म कुरा पुगिसेको बताए । पुल हस्तान्तरण भइनसक्दै जीर्ण बन्नु आफैमा दुखद भएको भन्दै उनले त्यसबारेमा छानविन हुने पनि बताए ।

मोदी खोलामाथि यो भन्दा अगाडि बडागाउँ ज्ञादी र बडगाउँ मुडिकुवामा लामा झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।







प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ