2026-11-04 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिगो विकासको काम गर्न मुख्यमन्त्रीको आग्रह

‘सम्पन्न जनता, समृद्ध दाङ’ भन्ने मुख्य नारासहित तेस्रो जिल्लासभा शनिबार घोराहीमा सम्पन्न भएको छ ।

  सभाको उद्घाटन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले परिणाममुखी काम गर्न जिसस र पालिकालाई आग्रह गर्नुभयो । उहाँले विकासको कामसँगै, जनताको सेवाप्रवाहलाई व्यवस्थित, सुविधायुक्त र सहज बनाउन पनि विशेष जोड दिनुपर्ने बताउनुभयो । 

उहाँले जिल्ला समन्वय समितिले जिल्लाको सम्पूर्ण विकासको मार्गदर्शन तयार पारेकोप्रति खुशी व्यक्त गर्दै परिणाममुखी र देखिने खालका कार्यक्रममा रकम खर्च गर्नुपर्ने बताउनुभयो । 

  भेलामा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले जिल्ला समन्वय समितिको नीति तथा कार्यक्रम एवं बजेटको विषयमा जानकारी गराउनुभएको थियो ।   प्रतिनिधिसभाका सांसद हिराचन्द्र केसी, गङ्गा चौधरी, सरस्वती गौतम, रेखा शर्मा, नेकपाकी सचेतक शान्ता चौधरी, राष्ट्रियसभा सदस्य कोमल वली, प्रदेशसभा सदस्य दामा शर्मा, इन्द्रजीत थारू लगायतको सहभागिता रहेको थियो | प्रमुख जिल्ला अधिकारी जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण समन्वय समितिका प्रशासकीय अधिकृत कृष्ण अधिकारीले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य