२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खडेरी तथा आगलागिका कारण बन्यजन्तु बस्तीतिर

२०७६, २७ जेष्ठ सोमबार ११:३१

सम्राट सिंह | जेठ २७, बझाङ | जंगलमा आगलागि तथा खडेरीका कारण बन्यजन्तु बस्तीतिर झर्न थालेका छन । बन जंगलमा आगलागि र खडेरीका कारण पानी खान नपाएर बन्यजन्तु बस्तीतिर झर्न थालेका हुन ।

गतसाता केदार स्यू गाउँपालिकाको बागथला बजारमा पानी खादै गरेको घोरले देखेपछि स्थानियले नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयमा बुझाएको थियो । त्यस्तै आज जिल्लाको सदरमुकाम चैनपुरको बिच बजारमा नै घोरल आएपछि कुकुरले लखेटेर घाइते बनाएको अवस्थामा स्थानियले नियन्त्रणमा लिई जिल्ला वन कार्यालयमा बुझाएको छ । 

खडेरीका कारण जंगलमा भएका पानीका मुहानहरु सुक्न थालेको हुँदा पिउने पानी नपाएर  बन्यजन्तु पानीको खोजीमा बस्तीतिर झर्न थालेको डिभिजन बन कार्यालय बझाङका बन रक्षक शिद्घराज जोशीले बताए । खडेरीका कारण सामुदायिक वनमा भएका केहि मुहानहरु सुकेको भएजती पानीका मुहानहरुबाट खानेपानी योजना बनाई बस्तीतिर पानी ल्याउने क्रम बढिरहेकाले जंगलमा पानीको अभाव भएकाले पानी खोज्दै बन्यजन्तु गाउँबस्ती तिर झर्न थालेको उनको भनाइ छ ।

बन जंगलमा खानेपानी अभाव हुँदा मृग, घोरल, बदेल, झाल्लर लगायतका बन्यजन्तुहरु बस्तीतीर झर्ने हुँदा चोरी शिकारी समेत बढिरहेको छ । बस्तीतिर झरेका बन्यजन्तुहरु स्थानियले लखेट्दै गर्दा प्रहरी तथा बनका कर्मचारीले देखेमात्र बन्यजन्तुको उद्घार हुने गरेको नदेखे गाउँलेहरु मिलेर मार्ने गरेका छन ।

३ महिना अगाडि मष्टा गाउँपालिकाका स्थानियले गाउँतिर आएको घाइते घोरल मार्दा हालसम्म जिल्ला वन कार्यालयमा  मुद्घा  भोगिरहेका छन । 

वन जंगलमा आगलागि तथा खडेरीले गर्दा पानीका मुहानहरु सुक्न थालेको हुँदा तिर्खाएर पानी खोज्दै बन्यजन्तु बस्तीतीर झर्ने गरेको डिभिजन बन कार्यालय बझाङका निमित्त प्रमुख कर्ण बहादुर खातीले बताए । पानी खोज्दै बन्यजन्तु गाउँबस्तीतीर झर्न थालेपनि २ सातामा २ वटा घोरल स्थानियले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बुझाएपछि घाइते अवस्थामा रहेका बन्यजन्तुको उपचार पछि जंगलमा छोडने गरेको उनको भनाइ छ ।


माथिको तश्वीरमा: खडेरी तथा आगलागिका कारण पानीका मुहान सुक्न थालेपछि पानीको खोजीमा सदरमुकाम चैनपुर आएको घोरल स्थानियले नियन्त्रणमा लिई डिभिजन कार्यालय बझाङमा बुझाएको घोरल । तस्बीर: सम्राट सिंह/सास/बझाङ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो