२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खडेरी तथा आगलागिका कारण बन्यजन्तु बस्तीतिर

२७ जेष्ठ २०७६, सोमबार ११:३१

सम्राट सिंह | जेठ २७, बझाङ | जंगलमा आगलागि तथा खडेरीका कारण बन्यजन्तु बस्तीतिर झर्न थालेका छन । बन जंगलमा आगलागि र खडेरीका कारण पानी खान नपाएर बन्यजन्तु बस्तीतिर झर्न थालेका हुन ।

गतसाता केदार स्यू गाउँपालिकाको बागथला बजारमा पानी खादै गरेको घोरले देखेपछि स्थानियले नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयमा बुझाएको थियो । त्यस्तै आज जिल्लाको सदरमुकाम चैनपुरको बिच बजारमा नै घोरल आएपछि कुकुरले लखेटेर घाइते बनाएको अवस्थामा स्थानियले नियन्त्रणमा लिई जिल्ला वन कार्यालयमा बुझाएको छ । 

खडेरीका कारण जंगलमा भएका पानीका मुहानहरु सुक्न थालेको हुँदा पिउने पानी नपाएर  बन्यजन्तु पानीको खोजीमा बस्तीतिर झर्न थालेको डिभिजन बन कार्यालय बझाङका बन रक्षक शिद्घराज जोशीले बताए । खडेरीका कारण सामुदायिक वनमा भएका केहि मुहानहरु सुकेको भएजती पानीका मुहानहरुबाट खानेपानी योजना बनाई बस्तीतिर पानी ल्याउने क्रम बढिरहेकाले जंगलमा पानीको अभाव भएकाले पानी खोज्दै बन्यजन्तु गाउँबस्ती तिर झर्न थालेको उनको भनाइ छ ।

बन जंगलमा खानेपानी अभाव हुँदा मृग, घोरल, बदेल, झाल्लर लगायतका बन्यजन्तुहरु बस्तीतीर झर्ने हुँदा चोरी शिकारी समेत बढिरहेको छ । बस्तीतिर झरेका बन्यजन्तुहरु स्थानियले लखेट्दै गर्दा प्रहरी तथा बनका कर्मचारीले देखेमात्र बन्यजन्तुको उद्घार हुने गरेको नदेखे गाउँलेहरु मिलेर मार्ने गरेका छन ।

३ महिना अगाडि मष्टा गाउँपालिकाका स्थानियले गाउँतिर आएको घाइते घोरल मार्दा हालसम्म जिल्ला वन कार्यालयमा  मुद्घा  भोगिरहेका छन । 

वन जंगलमा आगलागि तथा खडेरीले गर्दा पानीका मुहानहरु सुक्न थालेको हुँदा तिर्खाएर पानी खोज्दै बन्यजन्तु बस्तीतीर झर्ने गरेको डिभिजन बन कार्यालय बझाङका निमित्त प्रमुख कर्ण बहादुर खातीले बताए । पानी खोज्दै बन्यजन्तु गाउँबस्तीतीर झर्न थालेपनि २ सातामा २ वटा घोरल स्थानियले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बुझाएपछि घाइते अवस्थामा रहेका बन्यजन्तुको उपचार पछि जंगलमा छोडने गरेको उनको भनाइ छ ।


माथिको तश्वीरमा: खडेरी तथा आगलागिका कारण पानीका मुहान सुक्न थालेपछि पानीको खोजीमा सदरमुकाम चैनपुर आएको घोरल स्थानियले नियन्त्रणमा लिई डिभिजन कार्यालय बझाङमा बुझाएको घोरल । तस्बीर: सम्राट सिंह/सास/बझाङ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य