२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकजुट हुँदै म्यानपावर व्यवसायी, संघको निर्वाचनमा प्यानल नै घोषणा गर्ने फोरमको तयारी

२७ जेष्ठ २०७६, सोमबार १३:३४

जेठ २७,काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनलाई सफल बनाउन नेपाली कांग्रेस निकट म्यानपावर व्यवसायी एकजुट हुन थालेका छन् । संघको आगामी २७ असारमा हुने निर्वाचनमा आफ्नो पक्षको जीत सुनिश्चित गर्न नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा आवद्ध भएका व्यवसायी एकजुट भएका हुन् । 


संघ कार्यसमिति बैठकले आगामी असार २७ गते संघको साधारणसभा र नयाँ कार्यसमितिका लागि चुनाव गराउने निर्णय गरिसकेको छ। संघ कार्य समितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ।  संघको निर्वाचन मिति घोषणा पछि आगामी कार्ययोजना बनाउन फोरमको बैठक आइतबार बसेको थियो । 

आगामी निर्वाचनलाई मध्यनजर राख्दै फोरमका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमिति र अध्यक्षका आकांक्षीहरुको संयुक्त बैठक आज बसेको हो ।

सघका निवर्तमान अध्यक्ष बिमल ढकालको जन्मदिनको अवसरमा सोमबार भएको भेलामार्फत आफ्ना कमि कमजोरी सुधार गर्दै लोकतन्त्रमा आस्थावान सम्पूर्ण म्यानपावर व्यवसायीलाई एकतावद्ध गराएर लैजाने विषयमा छलफल भएको छ । आजको भेलाले संघको आगामी कार्यसमितिका लागि छिट्टै प्यानल घोषणा गर्ने तयारी गरेको फोरमका कार्यसमिति सदस्य संजय पनेरुले जानकारी दिए ।

संघको कार्यसमितिको कार्यकाल ३ महिना बाँकी रहँदै गत चैत २६ गते साधारणसभाको मिति तोकिएको थियो । तर संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित निवासमा नेत्र विक्रम चन्द ‘विप्लव’ समुहको युवा संगठनले बम विष्फोट गराएर क्षति पुर्याएपछि साधारणसभा र निर्वाचन स्थगित भएको थियो । 

गत निर्वाचनमा प्रगतिशील निकट व्यवसायीको समुहले बहुमत सिट जितेको थियो तर यस पटक सरकारले म्यानपावर कम्पनीको धरौटी वृद्धि गराउँदा संघले प्रभावकारी भूमिका नखेलेको भन्दै व्यवसायीहरु संघ प्रति रुष्ट देखिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य