जेठ २८, दार्चुला । दार्चुलामा विद्यालयको शौचालयको छत भत्किँदा चार जना विद्यार्थीको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका वडा नम्बर ४ मा रहेको गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत चार जना बालबालिकाको ज्यान गएको हो
मंगलबार दिउँसो विद्यालय बिदा भइसकेपछि शौचालयको छतमा खेल्दा छत भत्किएपछि बालबालिकाको ज्यान गएको हो । मृत्यु हुनेमा अन्दाजी ८ वर्षीया निरुता ठगुन्ना, ५ वर्षीया युनिका ठगुन्ना, १० वर्षीया अनुष्का धामी, र ८ वर्षीय सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। शव अझै फसेको हुन सक्ने भन्दै प्रहरी टोली तथा स्थानीयले उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ।