२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेकालाई मतदानको अधिकार दिलाउन छायाँ श्रममन्त्रीद्वारा सरकारको ध्यानाकर्षण

२९ जेष्ठ २०७६, बुधबार ०७:३९

जेठ २९, काठमाडौं । वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई मतदानको अधिकार दिलाउने तर्फ काम गर्न प्रतिनिधिसभाकी सांसद डा. डिला संग्रौला पन्तले सरकारको ध्यानाकर्षण गराएकी छन् ।  प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद पन्तले विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वन्चित हुनुपरेको भन्दै उनीहरुलाई पनि समेट्ने गरि काम गर्न सरकारसंग माग गरिन् ।

प्रतिपक्षी नेपाली काँग्रेसले गठन गरेको छायाँ सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी संयोजक रहेकी पन्तले भनिन् 'श्रमिकले यस विषयमा सर्वोच्च अदालतले यसअघि नै दिएको आदेश कार्यान्वयमा सरकार किन मौन छ ?'  सर्वोच्चले २०७४ चैत्र ११ गते विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको थियो । 

उनले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्था के छ भन्ने प्रश्न गर्दै सो कार्यक्रम कार्यान्वयनमा हालसम्म रोजगारदाता सूचीकरण र श्रमिकहरुको सूचीकरण एक प्रतिशत पनि हुन नसकिरहेको धारणा राखिन् । यो अवस्थामा श्रमिकहरुले विगतमा पाइरहेको सुरक्षा योजना पनि नपाउने र नयाँ योजनामा पनि जान नसक्ने अवस्थाले थप जटिलता सिर्जना भएको उनको भनाई थियो । यस विषयमा सरकारले ठोस कार्यक्रम बनाउनु पर्ने उनको माग थियो ।

साँसद संग्रौलाले सुरक्षा योजनाले केवल संगठित योजनालाई मात्रै समेट्ने तर कुनै पनि सुरक्षा योजनाको छाता भित्र नरहेको अनौपचारिक क्षेत्रका श्रमिकहरुको लागि सरकार के गर्दैछ भनेर प्रश्न गरिन् ।

यसैगरी हाल सरकारले गरेको न्यूनतम ज्याला नीजि क्षेत्रका विद्यालय, नर्सिङहोम लगायत थुप्रै कलकारखाना तथा उद्योगहरुमा लागू नभएको अवस्था रहेको भन्दै त्यसको कार्यान्वयनका लागि सरकारले के कसरी अनुगमन गर्दैछ भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट