पढ्न करिब 2 मिनेट लाग्छ

जेठ २९, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन शुरुआत गरेको छ ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले मङ्गलबार बन्दीपुर बजारमा एक कार्यक्रमका बीच ४१ जनालाई रोजगार प्रदान गरेर शुरुआत गर्नुभयो । तनहुँका १० वटा स्थानीय तहमध्ये बन्दीपुर शुरुआत गर्नेमा पहिलो बनेको छ । बन्दीपुर–पिप्ले सडकखण्डमा नाला बनाउने काममा खटाइएको छ ।

गाउँपालिकाका अनुसार वातावरणमैत्री काम गर्नको लागि नाहाला बनाउन डोजर प्रयोग नगरी मजदूर खटाइएको हो । दैनिक ६२६ ज्याला पाउने गरी एक महीनाको लागि काममा खटाइएको हो ।

कार्यक्रमका लागि प्राप्त रु ११ लाखमध्ये नाहाला निर्माणको लागि वडा नम्बर १ र २ मा रु पाँच÷पाँच लाख र ४ नम्बर रु एक लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५० जनाले आवेदन दिएकामा ७३६ जनाको स्वीकृत गरिएको गाउँपालिका रोजगार संयोजक शरन गुरुङले जानकारी दिनुभयो ।

संयोजक गुरुङका अनुसार वडा नं १ बाट ४२ जना, वडा नं २ बाट ११३, वडा नं ३ बाट २०२, ४ बाट ५१, ५ बाट ७७, ६ बाट २५३ आवेदन दिएका थिए । निर्माण क्षेत्रमा उपभोक्ताबाट समितिबाट भएका काममा सूचीकृत भएकालाई पायक पर्ने स्थानमा काममा खटाइने संयोजक गुरुङ बताउनुहुन्छ । कुन क्षेत्रमा काम गर्न चाहेको हो त्यस क्षेत्रमा रोजगार दिनु पर्दा सूचीकृतलाई नै दिइने गाउँपालिकाले जनाएको छ ।

रोजगारमा कृषि, शिक्षा, भेटेनरी, शिक्षक, निर्माण कुन क्षेत्रमा रोजगारी चाहेको आवेदनमा खुलाउन लगाइएको र आवश्यकता पर्दा सूचीकृत भएकालाई मात्रै अवसर दिएर काम खटाइने रोजगार कार्यक्रम शुभारम्भका अवसरमा जानकारी दिइएको थियो । “पालिकामा जसले बेरोजगारमा सूचीकृत गर्नुभएको छ सबै काम उहाँले मात्रै पाउनुहुन्छ गाउँपालिकाका अध्यक्ष थापाले कार्यक्रमको शुभारम्भ गर्दै भन्नुभयो, “शिक्षकमा निमार्णमा, स्वास्थ्यमा जे मा आवश्यक पर्छ सूचीकृत भएकाले मात्रै पाउँछन् ।”

समयमा आएर काम गर्ने, तोकिएको समयसम्म काम गर्ने र राम्रोसँग काम गरी नमूनायोग्य काम देखाइदिनुस् अध्यक्ष थापाले रोजगारमा संलग्नलाई पुनः आग्रह गर्नुभयो । समय अभावले यो वर्ष हतारमा काम गर्नुपरेको र आगामी वर्षबाट अधिकांशलाई निर्माण क्षेत्रमा काम गर्न सक्ने भएकाले त्यसमा व्यवस्थापन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।