2026-09-14 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : योजना छान्दै वडा

जेठ ३०, बागलुङ । काठेखोला गाउँपालिका–५ ले बुधबार वडा सभा ग¥यो । सभाबाट नयाँ आर्थिक वर्षका लागि १५ योजना प्राथमिकीकरणमा परे । “योजना तर्जुमाका लागि टोल–टोलमा पुगेर भेला गर्यौं”, वडाध्यक्ष शिव कँडेलले भन्नुभयो, “माग धेरै आए पनि आवश्यकताका आधारमा योजना छनोट भएका छन् ।”

टोलवासीबाट २०० भन्दा बढी योजनाको माग आएको थियो । सबैभन्दा बढी सडक र घोरेटो बाटाका थिए । योजना छनोट गर्दा स्वस्थ खानेपानी र शिक्षालाई बढी जोड दिइएको वडाध्यक्ष कँडेलको भनाइ छ । अघिल्लो वर्षको तुलनामा सडक कम महत्वमा छ ।

वडा नं १ ले पनि टोलस्तरमा पुगेर योजना माग गरेको वडाध्यक्ष खडक थापाले बताउनुभयो । “शुक्रबार वडामा छलफल गरेर योजनाको प्राथमिकता निर्धारण गर्छौं”, उहाँले भन्नुभयो । नागरिकका माग सडक, खानेपानी, शिक्षालगायतमा बढी केन्द्रित छन् ।

गाउँपालिकाले वडालाई रु ४० लाख बराबरको बजेट÷कार्यक्रम बनाउन भनेको छ । गाउँपालिकाबाट रु एक करोड बराबरका योजना वडामा सञ्चालन हुनेछन् । वडाबाट लक्षित वर्गतर्फ पनि योजना माग गरिएको छ । 

बागलुङ नगरपालिकाका वडा पनि यतिबेला योजना छनोटमा व्यस्त छन् । अघिल्ला योजनाको समीक्षासँगै आउँदो आवका लागि योजना तर्जुमाको काम भइरहेको छ । वडा भेलामा ३०० भन्दा बढी योजनाको माग आएको वडा नं ४ का अध्यक्ष धुव्र केसीले बताउनुभयो ।

“सबैभन्दा बढी सडकका माग छन्”, उहाँले भन्नुभयो, “उपभोक्तालाई लिखितरुपमा माग ल्याउन भनेका छौँ ।” वडा नंं ४ ले दुई ठाउँमा वडा भेला राखेर योजना माग गरेको थियो । राय, परामर्श र आवश्यकताका आधारमा योजना छनोट गर्ने तयारी वडाको छ ।

वडाबाट छानिएका योजना पालिकामा रहेका विषयगत समितिमा पुग्नेछन् । समितिबाट अनुमोदनका लागि कार्यपालिमामा पुग्छन् । कार्यपालिकाले अनुमोदन गरेपछि गाउँसभाबाट योजना पारित हुन्छन् ।

आर्थिक वर्ष सकिनै लाग्दा स्थानीय तह नीति, कार्यक्रम र बजेटको तयारीमा छन् । सरकारले बजेटसँगै स्थानीय तहका लागि दिने अनुदान तोकेपछि बजेट निर्माणको चटारो बढेको हो । असार १० गते काठेखोला गाउँपालिकाको बजेट आउने गाउँपालिका अध्यक्ष अम्मर थापाले बताउनुभयो ।

बजेटअघि असार पहिलो साता गाउँसभा आह्वान गरिएको छ । “वडा र बस्तीस्तरमा योजना तर्जुमाको काम भइरहेको छ”, अध्यक्ष थापाले भन्नुभयो, “छनोटमा परेका योजना गाउँसभाबाट पारित भई बजेट÷कार्यक्रममा समावेश हुन्छन् ।” 

पछिल्लो समय गाउँबस्तीबाटै योजना सङ्कलन हुन थालेपछि विकासका काममा नागरिक सहभागिता बढ्दो छ । जिल्लाका दश स्थानीय तहमा ८५ वडा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ