२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम आप्रवासनलाई व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक : मन्त्री विष्ट

३० जेष्ठ २०७६, बिहीबार १५:११

जेठ ३०, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम आप्रवासनलाई व्यवस्थित बनाउन सबैको साथ र सहयोगको खाँचो औँल्याउनुभएको छ । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षीकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित १०८औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको पूर्णसत्रलाई आज सम्बोधन गर्दै उहाँले उहाँले भन्नुभयो, “सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि सहकार्य र साझेदारीमा हामी पूर्णतःविश्वास गर्दछौँ ।”

गन्तव्य मुलुकले आप्रवासी कामदारलाई समान अधिकार प्रदान गर्नुपर्नेमा जोड दिँदै मन्त्री विष्टले नेपाली श्रमिकलाई पनि अन्य कामदारसरह समान व्यवहार गर्ने गरी द्विपक्षीय छलफल र सहकार्यको थालनी गर्न आग्रह गर्नुभयो । 

सम्मानित काम, सामाजिक सुरक्षा, असल श्रम सम्बन्ध नेपालको श्रम प्रशासनका प्रमुख विषय भएको उल्लेख गर्दै उहाँले श्रम, रोजगारी तथा सामाजिक सुरक्षालगायत नीतिगत विषयमा बहुआयामिक कानूनी सुधार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले श्रम प्रशासनको सन्दर्भमा कानूनी र नीतिगत सुधारका कार्य गरेको छ ।”

नेपाल सरकारले श्रम ऐनले व्यवस्था गरेको श्रमिकका अधिकारलाई सुनिश्चित गराउन सम्पूर्ण प्रतिष्ठानमा श्रम अडिट गर्नुपर्ने व्यवस्थालाई शुरुआत गरिएको जानकारी गराउँदै मन्त्री विष्टले श्रम क्षेत्रमा भएको सुधारलाई कार्यान्वयन गराउन सबै पक्षको सहकार्यमा जोड दिइएको बताउनुभयो । 

उहाँले आन्तरिक श्रम बजारमै रोजगारीको अवसर उपलब्ध गराउँदै सबै नागरिकलाई काममा आधारित सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गरेको बताउनुभयो । मन्त्री विष्टले भन्नुभयो, “सम्मानजनक काम, श्रमिकको जीवनस्तर सुधारको लागि न्यूनतम ज्यालाको सुनिश्चितता गरी समयमै पारिश्रमिक भुक्तानीको व्यवस्था गरिएको छ ।”

श्रमिकमाथि हुने हिंसा र अपहेलना अन्त्य गरी सम्मानजनक कामको खोजी गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सन् २०२५ भित्र सबै प्रकारका बालश्रम निवारण गर्न गुरुयोजना बनाएर कार्यान्वयन गरिएको बताउनुभयो । मन्त्री विष्टले भन्नुभयो, “जुनसकै बालश्रम, बाध्यकारी श्रम, मानव तस्करी र दासताका सबै रुप गर्न नेपाल सरकार प्रतिबद्ध छ ।”

उहाँले नेपालको श्रम प्रशासन हालसम्म आइएलओले गरेको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि सहकार्यको अपेक्षा गर्नुभयो । मन्त्री विष्टले भन्नुभयो, “शान्ति, सामानता र सामाजिक न्यायका लागि आइएलओले खेलेको भूमिका महत्वपूर्ण रहेको छ ।” उहाँले ‘उज्वल भविष्यको लागि काम’ नामक मानव केन्द्रित प्रतिवेदन तयार गरेकामा उच्च तहको प्रसंशासमेत गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य