Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला : स्याउले बजार नपाउँदा घरमै कुहियो

२०७६, ३१ जेष्ठ शुक्रबार ०४:२९

जेठ ३१, दार्चुला । नरेन्द्रसिंह कार्की,  व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो ।

 छाँगरुमा उत्पादित स्याउ बजार नपाएर बारीमै कुहिने गरेको छ । नजिक बजार नभएको र गाउँबाट बजारसम्म पु¥याउने बाटो नहुँदा यहाँ उत्पादित स्याउ घरबारीमै कुहिने गरेको छ । नेपालतिर बाटोघाटो छैन । भारतीय बजार पु¥याउन पनि बढी ढुवानीमै खर्च हुन्छ । भारतीय सेना, एसएसबीले मात्रै स्याउ खरीद गर्ने गरेका छन् । यो वर्ष झण्डै ३० क्विन्टल बढी स्याउ फलेको बोहराले २० क्विन्टल स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गर्नुभएको छ । बाँकी १० क्विन्टल स्याउ घरबारीमै कुहिएको अवस्थामा छ ।

 “नजिक बजार छैन, बोकेर अर्को बजार पु¥याउन बाटो छैन, उहाँले भन्नुभयो”, उहाँले भन्नुभयो । स्याउ उत्पादनका लागि सबैभन्दा राम्रो माटो र हावापानी भएकाले राम्रो फल्ने भए पनि बजार अभावले नोक्सानी व्यहोर्नुपरेको उहाँको भनाइ छ । 

“चिनजानका ठेकेदारले भारतीय सुरक्षाकर्मीका लागि स्याउ खरीद गर्छन् । स्याउ गाउँमै प्रतिकिलो ८० भारुमा बिक्री हुने गरेको छ । बाँकी १० क्विन्टल स्याउ बिक्री गर्न नसक्दा रु १० लाख बढी घाटा भयो”, बोहराले भन्नुभयो । विसं २०६० मा भारतकोे हिमालञ्चल प्रदेशबाट २५० बोट ल्याएर स्याउखेती शुरु गर्नुभएका बोहराले अहिले झण्डै एक हजार बढी स्याउका बिरुवा रोप्नुभएको छ । झण्डै पाँच रोपनी बढीमा स्याउखेती गरिएको छ । बिहानदेखि बेलुकीसम्म उहाँले स्याउखेतीमा ध्यान दिनुभएको छ ।

 व्यक्तिगत लगानीमा स्याउखेती गर्नुभएका बोहराले अहिलेसम्म कसैबाट अनुदान सहयोगसमेत पाउनुभएको छैन । स्याउमा मलदेखि पाइपसम्म सबै आफैँले खरीद गरेको उहाँले बताउनुभयो । हरेक वर्ष नयाँ–नयाँ स्याउका बिरुवा थप्दै आउनुभएका बोहराले सरकारी अनुदान सहयोग नपाएको गुनासो गर्नुभयो ।

सदरमुकामदेखि सबैभन्दा टाढाको दूरीमा रहेको व्यासमा व्यावसायिक स्याउखेतीको सम्भावना राम्रो भए पनि भौगोलिक विकटले समस्या रहेको अर्का स्थानीय सुधा बोहराले बताउनुभयो । “लगानी गरेका छौँ, तर प्रतिफलको लागि बाटोघाटोको समस्या छ । नेपालतिर बाटो मात्र निर्माण गरिदिएको भए हाम्रो स्याउले बजार पाउँथ्यो”, सुधाले भन्नुभयो, “हिँड्नका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने ठाउँमा हाम्रो स्याउ कसरी बजारमा ल्याउनु ?”

यस क्षेत्रमा अपिनाम्पा संरक्षण, स्याउ जोन कार्यक्रम र व्यक्तिगतरूपमा स्याउखेती शुरु गरिएको छ । तर, बजार अभावमा यहाँका किसान स्याउ कहाँ बिक्री गर्ने भन्ने चिन्तामा छन् । उत्पादित स्याउलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र (शीत भण्डार) आवश्यक रहेको उहाँको भनाइ छ ।

यहाँका बासिन्दा भारतीय बाटो प्रयोग गरी सदरमुकामबाट व्यास जान्छन् । स्थानीयस्तरमा उत्पादित वस्तु भारतीय बाटो प्रयोग गरी नेपाली बजारमा पु¥याउन सकिने अवस्था छैन । बोहोराको भनाइ छ, “भण्डारण गर्न उपयुक्त साधन नहुँदा हरेक वर्ष उत्पादित स्याउ ठूलो नोक्सानी व्यवहोर्नुपरेको छ ।” 

सरकारले व्यास पुग्न नेपालको बाटो निर्माणमा ध्यान नदिँदा व्यासमा उत्पादन भएको जैविक स्याउ बारीमै कुहिने गरेको किसानको दुखेसो छ । दार्चुला–तिङ्कर सडक निर्माण होला र व्यासमा उत्पादन हुने स्याउ दार्चुला हुँदै काठमाडाँै लैजाउँला भन्ने व्यासीहरूको सपना पूरा हुने छाँटकाँट भने अझै छैन ।

 “सरकारले यस क्षेत्रमा सडक नभए पनि बाटो राम्रोसँग बनाइदिए हाम्रो उत्पादनले बजार पाउँथ्यो”, बोहराले भन्नुभयो । यहाँ हरेक प्रकारका फलफूल पाइन्छन् । चीन निकासी गर्नका लागि समस्या छ । भारतमा पनि भर्खर सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । एकतिर पनि सडक पहुँच पुग्दा आम्दानी हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै