२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

आँधीपीडितको खुला आकाशमुनि बास

२०७६, ३१ जेष्ठ शुक्रबार ०९:१३

जेठ ३१, धनगढी | धनगढी उपमहानगरपालिका–२ का सरिता रानाथारु साँझको समयमा घरमा खाना पकाइरहनु भएको थियो । जेठ २३ गते साँझ अन्दाजी ७ः३० बजे पश्चिमतर्फबाट एक्कासी आएको आँधीबेहरीले इँटाले बनेको घर भत्किँदा छोरी आस्था राना घाइते भइन् ।  

आँधी नरोकिएपछि घाइते छोरीसहित उहाँले टेबुलमुनि ओत लागेर ज्यान जोगाउनुभयो । घर भत्किएपछि चार वर्षीया छोरी आस्थाको टाउको र खुट्टामा चोट लागेको छ । घरको दिवाल र छाना उडाएर क्षति पुगेपछि उहाँको परिवारलाई यतिबेला बास र खानाको समस्या छ । तर समस्याको सुनुवाइ गरिदिने कोही छैन । 

“समस्या सुनिदिने कोही छैन”,सरिताले भन्नुभयो, “घरभित्रको सबै चामल पिठो भिजेर नष्ट भएपछि के खाने भन्ने समस्या भएको छ ।”आफ्नो उमेरमा यति ठूलो हावाहुरी आएर क्षति पुगेको अनुभव यसअघि कहिल्यै नभएको धनगढीकै अर्का आँधिबेहरी पीडित ६५ वर्षीय दुखीराम चौधरीले बताउनुभयो । 

 “आँधीले घरको छाना उडाउँदा धन्न बचियो”,उहाँले भन्नुभयो, “छाना उडिरहँदा आफ्नो र परिवारका सदस्यको ज्यान बचाउनेतिर लागियो, घरभित्र रहेको डेहरी (खाद्याह्न राख्ने माटोको भकारी)मा राखिएको धान गहुँ भिजाएर क्षति पुगेको छ ।”आँधिबेहरी गएको एक हप्ता बित्न लाग्दा पनि बसोबास र खानाको व्यवस्थापनमा ढिलाइ हुँदा पीडितको बिचल्ली भएको छ ।

 स्थानीय कृष्णा चौधरीले विपद्ले सिर्जना गरेको समस्या एकातिर रहेकामा विद्युत् आपूर्ति पनि सञ्चालन नहँुदा बढेको चर्को गर्मीले झन सास्ती भएको दुखेसो सुनाउनुभयो । उहाँले भन्नुभयो, “बिग्रेको विद्युत्को लाइन जोड्न आउनेले पैसा पाएमा तत्कालै लाइन जोडी दिन्छन््, पैसा नपाउँदा नजोडीकन फर्किन्छन् ।”विपद्का कारण छानाविनाको घरमा रात काटिरहेको, छाना छाउनका लागि आवश्यक व्यवस्था मिलाउने र खानाको व्यवस्था गर्ने काममा कसैले चासो नदिएको पीडितहरुले बताएका छन् । 

यद्यपि विपद् व्यवस्थापन समिति कैलाली, धनगढी उपमहानगरपालिका, नेपाल रेडक्रस सोसाइटीको पहलमा केही पीडित परिवारलाई त्रिपाल वितरण गरिएको छ । आँधिबेहरीमा परेर कैलालीमा दुई जनाको मृत्यु भएको थियो भने कैलाली र कञ्चनपुरमा गरी ९९ जना घाइते भएका थिए । गम्भीर घाइतेको उपचार भइरहेको छ ।  

 आँधीबेहरीका कारण कैलाली कञ्चनपुरमा दुई हजारभन्दा बढी सङ्ख्यामा बिजुलीका खम्बा भाँचिएको र ठाउँठाउँका विद्युत् प्रशारण लाइनको तार चुडालिँदा ठूलो क्षति पुगेको छ । जसका कारण अधिकांश क्षेत्रमा अझैसम्म विद्युत् नियमित हुन सकेको छैन ।

  विद्युत् लाइन जोड्न विद्युत् कार्यालय पुग्ने गरेका सर्वसाधारण समस्याको सुनुवाइ गरिदिने कोही नभएको भन्दै त्यसै फर्किने गरेका छन् । विद्युत्का कर्मचारीको फोन स्वीच अफ हुने गरेकाले आफूहरुको सुनुवाइ नहुने गरेको स्थानीय दीपु चौधरीले बताउनुभयो ।  

 जेठ महीनाको उखरमाउलो गर्मी बढेका बेला लामो समयसम्म पनि विद्युत् नियमित हुन नसकेर सास्ती खेपीरहेका स्थानीय बासिन्दाले बिहीबार वडा कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । जिल्लामा सबैभन्दा बढी मुक्त कमैया र विपन्न परिवारको घरको छाना उडाई क्षति पु¥याएको छ । 

 यसैगरी करोडौँको केराखेती, कुखुरापालन व्यवसायमा क्षति पुगेको कृषकले बताएका छन् । यद्यपि क्षतिको लगत सङ्कलन वडास्तरमा गठन भएको समितिले गरिरहेको छ । लगत सङ्कलन आउन ढिलाइ हुँदा पीडितले राहत पाउन सकेका छैनन् । 

प्रदेश सरकारले मृतकका परिवारलाई रु एक लाख ५० हजार, घरमा पूर्ण क्षति पुगेकालाई रु २० हजार र आंशिक क्षति पुगेकालाई रु १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते