2026-09-14 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङममा ट्याक्सी दुर्घटनामा एकको मृत्यु

जेठ ३२, गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ध १ ज ५१३ नम्बरको ट्याक्सी गए राति १० बजे भेडिखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते हुनेमा नुवाकोट निवासी सवारी धनी तथा चालक हुमबहादुर कुँवर र आयुष कार्की रहनु भएको छ । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिनुभयो । 

रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

बागलुङमा ‘स्वस्थ जीवन’ अभियान

‘स्वस्थ जीवन’ अभियानअन्तर्गत गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर र योग शिविर सञ्चालन गरेको छ ।

निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरबाट ३०४ ले सेवा लिएका छन् । धौलागिरि अञ्चल आयुर्वेद औषधालय, बागलुङमा शिविर चलेको थियो । “बिरामीको निःशुल्क जाँचसहित औषधि पनि वितरण ग¥र्यौँ”, औषधालयका प्रमुख हरि पौडेलले भन्नुभयो, “५० जनाले प्रयोगशाला सेवा पनि लिनुभएको छ ।” शिविरमा पोखरादेखि आएका विशेषज्ञ आयुर्वेद चिकित्सक कमल शर्मा, कमलराज अधिकारीलगायतले बिरामीलाई सेवा प्रदान गरेका थिए ।

बिहीबारदेखि शुरु भएको योग शिविर भने आजसम्म चल्नेछ । स्वस्थ जीवनयापनमा सघाउने उद्देश्यले मन्त्रालयले निःशुल्क योग शिविर सञ्चालन गरेको हो । शिविरमा योग गुरु डा योगी विकासानन्दले सहजीकरण गरिरहनुभएको छ । योग साधनाका विधिबारे शिविरमा प्रशिक्षण भइरहेको सहभागी कोपिला कँडेलले बताउनुभयो । “योगका माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ रहने उपायबारे राम्रो सिकाइ भएको छ”, उहाँले भन्नुभयो । शिविरमा दैनिक ४०० को सहभागिता छ ।

मन्त्रालयले प्रदेशका नागरिकको जीवनशैलीलाई स्वस्थ र तनावमुक्त बनाउन योग शिक्षा प्रवद्र्धनमा जोड दिएको छ । सबै उमेर समूहका नागरिकलाई योग अभ्यासबारे प्रशिक्षित गर्ने मन्त्रालयाको उद्देश्य छ । “नसर्ने रोगको औषधि नै योगा हो”, योगी विकासानन्दले भन्नुभयो, “स्वस्थ र सुखी नागरिक तयार गर्न योग जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ