२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा समूहको सक्रियतासँगै विपन्न महिला आत्मनिर्भर बन्दै

२ असार २०७६, सोमबार ०६:४२

 असार २, सिरहा । गाउँगाउँमा बचत समूह खुलेपछि सिरहाका दक्षिण सीमावर्ती गाउँ लक्ष्मीपुर पतारी गाउँपालिकाका विपन्न महिला आत्मनिर्भर बन्न थालेका छन् । समूहले विनाधितो न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेपछि दलित तथा विपन्न परिवारले स्वरोजगारमूलक व्यवसाय गरी आत्मनिर्भर बन्न थालेको स्थानीयवासी बताउँछन् ।

लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिण्डा पर्सास्थित रहेको नवदुर्गा हरबाचरबा समूहका मञ्जुदेवी राम प्रत्येक वडामा बचत समूह खुलेको र तिनले भनेको बखत सस्तो तथा विनाधितोमा कर्जा दिन थालेपछि गरीबको गर्जो टर्न थालेको बताउनुहुन्छ ।

गाउँमा ‘कृषि बँधुवा मजदुर (हरवा, चरवा, कोदर्वा) न्यूनीकरण कार्यक्रम’ अन्तर्गत दि फ्रिडम फण्ड सहयोग तथा भवानी एकीकृत विकास केन्द्र सिरहाको आयोजनामा लागू भएको ‘कृषि बँधुवा मजदुर (हरवा, चरवा, कोदर्वा) न्यूनीकरण कार्यक्रम’ अन्तर्गत नै गाउँगाउँमा बचत समूह खुलेको उहाँले बताउनुभयो ।

राजा हरिसिंदेव हरवा चरवा समूहका अध्यक्ष सुनितादेवी मुखियाले संस्थाबाट विनाधितो ऋण लिएर खुद्रा व्यापार गरी आफ्नो सानो गरीब परिवारलाई पाली छोराछोरीलाई विद्यालय पठाइरहेको बताउनुभयो । उक्त संस्थामा गरीबीको रेखामुनि रहेका महिला आवद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रमअन्तर्गत सञ्चालित आयआर्जनका काम र क्षमता विकास तालीममा सहभागी भएपछि दलित तथा विपन्न वर्गका व्यक्तिको जीवनशैलीमा निकै परिर्वतन आएको पाइन्छ । केही वर्ष पहिलेसम्म गाउँमा नौलो मानिस आउँदा घरको ढोका थुनेर लुक्ने गाउँपालिकाका अधिकांश महिला अहिले त्यस्ता मानिससँग गाउँका समस्या लिएर निर्धक्कसँग बहस गर्न थालेका छन् ।

“कृषि बँधुवा मजदुर न्यूनीकरण कार्यक्रमले नै मेरो आनीबानीमा समेत परिर्वतन ल्याएको हो”, गाउँकै बाबाडिहबार हरवा चरवा समूहका सदस्यसमेत रहनुभएकी जामोदेवी रामले भन्नुभयो, “नत्र नौलो मानिसअगाडि उभिएर आफ्नो नाम भन्न कहाँबाट सक्नु ? कि त ढोका थुनेर लुक्थेँ कि भाग्थेँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य