। असार ५, काठमाडौँ । बैदेशिक रोजगारीको क्रममा ठगि गरेको, विदेश पुर्याई अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शु"/>
अनिल अधिकारी । असार ५, काठमाडौँ । बैदेशिक रोजगारीको क्रममा ठगि गरेको, विदेश पुर्याई अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएको लगायत बिभिन्न बिषयमा गत जेठ महिनामा मात्रै ११० उजुरी परेका छन् । उजुरीमा ५७ म्यानपावरहरुको नाम मुछिएका छन् ।
सबैभन्दा बढी उजुरी पर्पल एच.आर. सर्भिस प्रा.लि. को नाममा छ | जेठमा मात्र उसको नाममा ३१ उजुरी परेका छन् । बैदेशिक रोजगार बिभागले उक्त म्यानपावरको सम्पूर्ण कारोबार रोक्का गरेर अनुसन्धान गरिरहेको छ ।
त्यस्तै उजुरीको दोश्रो नम्बरमा दृष्मा ओभरसिज छ, उसलाई ५ उजुरी परेको छ । बैदेशिक रोजगार बिभागले दृष्माको पनि सम्पूर्ण कारोवार रोकेको छ ।
त्यस्तै इगल ओभरसिज सामाखुसीको पनि बिभागल कारोवार रोक्का राखेको छ । उसलाई जेठ महिनामा मात्र ३ उजुरी परेको छ ।
बिभागको अनुसार यस अघिकै निर्णयले लाइसेन्सनै खोसिएको स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस बिरुद्ध जेठमा २ उजुरी परेका छन् ।
बिभागले जेठ महिनामा २ भन्दा बढी उजुरी परेर कारोवार रोक्का राखेका थप दुई म्यानपावरहरुमा भेरी ओभरसिज (गौशाला) लाई ३ उजुरी र डन इन्टरनेशनल ग्रुप (टोखा, काठमाडौँ) रहेका छन् ।
बैदेशिक रोजगार बिभागको अनुसार यो आर्थिक वर्षको ११ महिनासम्ममा संस्थागत र व्यक्तिगत गरि १८१३ उजुरी परेको छ । संस्थागत तर्फ १०९२ उजुरी परेको छ भने २४ करोड ६८ लाख ७० हजार ९२४ को माग दावी गरिएको छ । त्यस्तै व्यक्तिगत तर्फ कुल ७२१ उजुरी परेकोमा माग दावी भने ४९ करोड २८ लाख ४० हजार ६३४ रुपयाँ छ । यसरी हेर्दा संस्थागत भन्दा व्यक्तिगत रुपमा बैदेशिक रोजगारीको क्रममा ठगिनेहरु बढी रहेको देखिन्छ ।
बिभागले पछिल्लो ११ महिनामा जम्मा ११ म्यानपावरमा अनुगमन गरेको छ | तयस्तै बैदेशिक रोजगारीको क्रममा समस्यामा परेका ५ जनाको उद्दार गरेको छ । बिभागको रेकर्ड अनुसार उजुरी गरि मागदावी गरेको मध्ये बिभिन्न म्यानपावरवाट ९ करोड १५ लाख ७४ हजार ७८४ रुपयाँ पिडितले फिर्ता पाएका छन् ।

