२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी प्रकरण: म्यानपावर संचालकको बयान, अन्तर्वार्तामा साउदी कन्सुलरको संलग्नता स्वीकार

५ असार २०७६, बिहीबार १४:३३

मनोज पराजुली | असार ५, काठमाडौँ  | बैदेशिक रोजगार विभागले डिमाण्ड पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिने दुई म्यानपावर कम्पनी संचालकसँग बयान लिएको छ । 

मिता इन्टर्नेशनल प्रा. लिका संचालक र फजल इन्टर्नेशनल प्रा. लि कर्मचारीसंग मौखिक बयान लिइएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । म्यानपावर संचालकलाई नै उपस्थित हुन पत्र काटिए पनि फजल इन्टर्नेशनलका संचालक विभाग उपस्थित नभएको महानिर्देशक भुसालले बताए । 

आज हामीले दुई कम्पनीसंग मौखिक बयान लिएका छौं, महानिर्देशक भुसालले भने 'भोलि नै दुवै कम्पनीका संचालकलाई लिखित पत्रका साथ उपस्थित हुन निर्देशन दिएका छौं।' तीन म्यानपावर कम्पनी संलग्न भनिए पनि अल हायात म्यानेजमेन्ट कम्पनीको संलग्नताबारे प्रमाण जुटाउने कार्य भैरहेको उनले बताए । 

विभाग टोलीले हिजो बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको थियो । हिजो विभाग टोलि पुग्दा दुतावासको गाडी नै लिएर अन्तर्वातास्थल परिसरमा साउदी एम्बेसीका कसुलर महम्मद अल खुजुरी र सदिक अलि मु पनि उपस्थित थिए । दुतावासका कन्सुलर भएको बताउंदै उनीहरुले पत्रकालाई समेत फोटो खिच्न रोक लगाएका थिए । 


अन्तर्वार्ता स्थलमा साउदी दूतावासका कन्सुलर संलग्न भएको म्यानपावर संचालकले स्वीकार गरेका महानिर्देशक भुसालले बताए । कन्सुलरको संलग्नता बारे म्यानपावर संचालकसंग लिखित बयान लिएर परराष्ट्र मन्त्रालय मार्फत पत्र पठाउने तयारी गरिएको उनले बताए । 

डिमाण्डको पुर्व स्वीकृति नै नलिई हजार भन्दा बढी नेपाली श्रमिकलाई साउदीमा हजयात्रा अवधिभरीको लागि मात्र लेवर कार्यको लागि खटिने गरि अस्थाई भिषामा पठाउन लागेपछी विभागले छापा मारेर थप अध्ययन गरिरहेको छ। यस अघि पनि त्यस्तै प्रकितिको कार्यमा साउदी ग्राउण्ड सर्भिसले ३ सय भन्दा बढी कामदार साउदी पुर्याएर २ महिनामा नै कामदार नेपाल फर्किएको  खुल्न आएको छ। साउदी ग्राउण्ड सर्भिस कम्पनीलाई कारोबार रोक्का राखी कारवाही प्रक्रिया अगाडी बढाउँ विभागमा निवेदन परेपनि कुनै सुनुवाई नभएको बताइएको छ ।

सम्बन्धित समाचार: 

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट