असार ६ बर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  असार ६ बर्"/>
२४ मंसिर २०८२, मंगलवार
महोत्तरी - MHT

महोत्तरीमा वन्यजन्तुको हर्कतले सर्वसाधारण हैरान

६ असार २०७६, शुक्रबार ०४:५६

 असार ६ बर्दिवास महोत्तरी जिल्लाका बस्ती–बस्तीमा वन्यजन्तुको हर्कत (ओ¥याँइ) ले सर्वसाधारण आजित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हात्ती र दक्षिणी क्षेत्रमा बँदेल र नीलगाईको हर्कतले सर्वसाधारण आजित भएका हुन् ।

 बस्ती पसेका जङ्गली हात्तीको समूहले पछिल्लो एक साताभित्रै बर्दिवास नगरपालिकाका बस्तीमा १० भन्दा बढी घर भत्काइसकेको छ । बर्दिवास ३, ४, ५ र ८ नं वडामा हात्तीको बिग्याइँ निकै बढेको नगरपालिकाका उपप्रमुख कृष्णमाया गौतमले बताउनुभयो । बर्दिवास–३ को रजवास, पर्साहीधाप र कालापानी वडा नं ४ को भब्सीटोल, वडा नं ५ को चेरु, सोनापेटी र गणन्ता एवं वडा नं ८ को विजयबस्तीमा जङ्गली हात्तीको समूहले यसै साताभित्र १२ घर लडाएको छ । हात्तीले खेतमा लगाएको मकैबाली, केरा र तरकारी बाली सखाप पारेको यहाँका पीडित किसानले बताएका छन् ।

 रातभरि बस्ती पस्ने र दिनभरि जङ्गल पस्ने हात्तीको समूहमा चार हात्ती रहेको रजवासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले बताउनुभयो । यता बर्दिवास–८ को विजयबस्तीमा भने ६÷७ हात्ती देखिएको वडाध्यक्ष शम्शेरसिंह लामाले बताउनुभयो । अहिले यहाँका सर्वसाधारण हात्ती रुङ्न पालेपहरा बस्न थालेका छन् ।

त्यसैगरी जिल्लाको मध्य र दक्षिणी भेगमा बँदेल र नीलगाईको आतङ्क नै मच्चिएको छ । नीलगाई बस्ती पसेर बालीनाली खाएपछि फेरि जङ्गल फर्कने गरेका भए पनि बँदेल भने यतै बस्न लागेका जलेश्वर नगरपालिका–४ पर्सापतैलीका कृष्णमोहन शर्मा बताउनुहुन्छ । बस्ती वरपरका झाडीमा स्थायी बसोबास नै बनाएको बँदेलले पछिल्लो एक वर्षयता बच्चा पनि यतै जन्माउने गरेका शर्माको भनाइ छ ।

सघनरूपमा लगाइने उखुबालीको घारी र बगैँचा वरपरका झाडी बँदेलका बासस्थान बनेको सर्वसाधारण बताउँछन् । रातभरि बस्ती पसेर बालीनाली सखाप पार्ने गरेको बँदेलले मानिसलाई पनि झम्टने गरेको छ । केही महीना पहिले मात्र बिहानीपख आफ्नो बस्तीका पाँच जनालाई बँदेलले आक्रमण गरेर घाइते नै बनाएको बर्दिवास–९ पशुपतिनगरका वडाध्यक्ष टेकवीर रखालले सम्झनुभयो ।

 बर्दिवासको उत्तरी क्षेत्रमा उत्पात मच्चाउँदै आएका हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट बिच्किएर मकवानपुर, रौतहटको उत्तरीक्षेत्रबाट सिन्धुलीको मरिनक्षेत्र हुँदै महोत्तरी पस्ने गरेको वनविज्ञ बताउँछन् । बँदेल र नीलगाई भने जिल्लाकै वनक्षेत्रमा आहारा कम हुँदै गएर चोरी शिकार बढेपछि बस्ती पसेका डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रकाश साहको भनाइ छ । बँदेल र नीलगाई जिल्लाको सुदुरदक्षिणी भारतीय सीमावर्ती बस्तीसम्म छ्याप्छ्याप्ती देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र