2026-09-04 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेइजिङको नयाँ विमानस्थलले छ लाख रोजगारी सिर्जना गर्ने

असार ६, तियानजिन, चीन  । बेइजिङको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले झण्डै छ लाख रोजगारी सिर्जना गर्ने जनाएको छ । 

विमानस्थलको तर्फबाट शुक्रबार दिइएको जानकारी अनुसार भविष्यमा यति धेरै रोजगारी सिर्जना गरिने भएको हो । 

चीनको नागरिक उड्डयन प्रशासन कार्यालयका झङ रुईले सन् २०२५ सम्ममा सात करोड २० लाख यात्रु आउने बताउनुभयो ।  

अहिले निर्माणाधिन अवस्थामै रहेको बेइजिङ दासिङ अन्तर्राष्ट्रिय विमानस्थल आउँदो सेप्टेम्बारदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक चाप भएपछि त्यसको बैकल्पिक व्यवस्था स्वरुप यो विमानस्थल निर्माण गरिएको हो । सन् २०१८ को तथ्याङ्क अनुसार झण्डै दश करोड यात्रुले यो विमानस्थल प्रयोग गरेका थिए । रासस/सिन्ह्वा

चीनको शानदोङ क्षेत्रमा लामो खडेरीका कारण जनजीवन प्रभावित

चीनको पूर्वी शानदोङ प्रान्तमा यस बर्ष लामो खडेरीका कारण सामान्य जनजीवन प्रभावित बनेको छ ।

जुन १८ सम्म खडेरीका कारण करिब छ लाख ५६ हजार ६६७ हेक्टर क्षेत्रफलमा लगाइएको खाद्यान्न तथा तरकारीवाली लगायतका अन्य व्यवसायिक खेतीमा समेत व्यापक प्रभाव परेको शानदोङ प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी प्रभावितका लागि राहत वितरण केन्द्रले शुक्रबार जनाएको छ ।

शानदोङका अधिकारीले खडेरीका कारण जनमानसमा परेको तथा आगामी दिनमा पर्ने प्रभावलाई सम्बोधन गर्न आपतकालीन प्रबन्धकीय कामलाई अभियानका रूपमा सरकारले अघि बढाएको छ ।

उक्त प्रान्तमा यस बर्ष गत बर्षको तुलनामा अत्यन्यै कम पानी परेको बताइएको छ । अधिकारीका अनुसार शानदोङमा यस बर्ष १०१.२ मिलिमिटर मात्रै पानी परेको छ, जुन गत बर्षको तुलनामा ३७ प्रतिशत कमी हो ।

यस बर्ष शानदोङ प्रशासनले १४ करोड १० लाख अमेरिकी डलर खडेरी–सहायता कोष खडा गरी परिचालनमा ल्याएको छ  भने खडेरीको प्रभाव कम गर्ने अभियानमा करिब १५ लाख २० हजार सम्बन्धित व्यक्ति परिचालन गरिएको छ ।

चीनको मौसम विज्ञान अधिकारीले उक्त प्रान्तमा निकट भविष्यमा पनि थोरै मात्र बर्षा हुने अनुमान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै