२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गैडाकोटको हर्दीमा बिजुली बल्यो

७ असार २०७६, शनिबार ०७:४९

असार ७, नवलपुर | नवलपुरको गैडाकोट नगरपालिका–३ हर्दीमा पहिलोपटक बिजुली बलेको छ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको हर्दीमा बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् । 

हर्दीका ६७ घरमा बिजुली पुगेको छ । यहाँ शुरुआतमा १९ घरमा मिटर बक्स जडान गरिएको छ । पन्ध्र दिनभित्र अन्य घरमा मिटर बक्स जडान गरिनेछ । धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आउनुभएका स्थानीयवासी सोम भुजेल बिजुली बाल्न पाएपछि दङ्ग हुनुहुन्छ । गैँडाकोट नगरपालिकासँगै जोडिएको भएपनि हर्दीका बासिन्दा बिजुलीबाट वञ्चित थिए । “जनप्रतिनिधि निर्वाचित भएपछि बिजुलीको पहल भएको हो”, भुजेलले भन्नुभयो । 

नेपाल विद्युत् प्राधिकरणको करीब रु ३५ लाख तथा नगरपालिकाको विद्युतीय सामग्री ढुवानीलगायत सहयोगमा यहाँ बिजुली बलेको हो । ग्रामीण क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत हर्दीमा बिजुली बालिएको हो । गैडाकोट–३ मा रु सात करोडको लागतमा खानेपानी योजना समेत विस्तार गरिएको छ । कालीगण्डकीबाट लिफ्टको माध्यमबाट स्थानीयलाई सिँचाइको सुविधा प्रदान गर्ने नगरपालिकाको योजना छ । 

नेपाल विद्युत् प्राधिकरण गैँडाकोट शाखाका प्रमुख सुजन रिजालले हर्दीमा विद्युतीकरणका लागि स्थानीयवासीले श्रमदान गरी सहयोग गरेको बताउनुभयो । उहाँले विद्युत् नियमित गराउन प्राधिकरणका तर्फबाट अधिकतम प्रयास गरिने बताउनुभयो । सिँचाइका लागि बोरिङको समेत व्यवस्था गरिएको छ । गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारी विद्युतीकरणसँगै गाउँमा विकासको ढोका खुलेको बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य