२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गैडाकोटको हर्दीमा बिजुली बल्यो

२०७६, ७ असार शनिबार ०७:४९

असार ७, नवलपुर | नवलपुरको गैडाकोट नगरपालिका–३ हर्दीमा पहिलोपटक बिजुली बलेको छ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको हर्दीमा बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् । 

हर्दीका ६७ घरमा बिजुली पुगेको छ । यहाँ शुरुआतमा १९ घरमा मिटर बक्स जडान गरिएको छ । पन्ध्र दिनभित्र अन्य घरमा मिटर बक्स जडान गरिनेछ । धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आउनुभएका स्थानीयवासी सोम भुजेल बिजुली बाल्न पाएपछि दङ्ग हुनुहुन्छ । गैँडाकोट नगरपालिकासँगै जोडिएको भएपनि हर्दीका बासिन्दा बिजुलीबाट वञ्चित थिए । “जनप्रतिनिधि निर्वाचित भएपछि बिजुलीको पहल भएको हो”, भुजेलले भन्नुभयो । 

नेपाल विद्युत् प्राधिकरणको करीब रु ३५ लाख तथा नगरपालिकाको विद्युतीय सामग्री ढुवानीलगायत सहयोगमा यहाँ बिजुली बलेको हो । ग्रामीण क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत हर्दीमा बिजुली बालिएको हो । गैडाकोट–३ मा रु सात करोडको लागतमा खानेपानी योजना समेत विस्तार गरिएको छ । कालीगण्डकीबाट लिफ्टको माध्यमबाट स्थानीयलाई सिँचाइको सुविधा प्रदान गर्ने नगरपालिकाको योजना छ । 

नेपाल विद्युत् प्राधिकरण गैँडाकोट शाखाका प्रमुख सुजन रिजालले हर्दीमा विद्युतीकरणका लागि स्थानीयवासीले श्रमदान गरी सहयोग गरेको बताउनुभयो । उहाँले विद्युत् नियमित गराउन प्राधिकरणका तर्फबाट अधिकतम प्रयास गरिने बताउनुभयो । सिँचाइका लागि बोरिङको समेत व्यवस्था गरिएको छ । गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारी विद्युतीकरणसँगै गाउँमा विकासको ढोका खुलेको बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा