2026-09-13 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काठमाडौँबाट बझाङका लागि छुटेको बस दुर्घटना हुदाँ ३० जना यात्रु घाइते

असार ८, काठमाडौँ  | काठमाडौंबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस बर्दियाको रम्भापुर नजिक आज बिहान दुर्घटनामा परेको छ ।

दुर्घटनामा ३० जना बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।काठमाडौंबाट शनिबार बिहान ११ः३० बजे बझाङका लागि छुटेको ना६ख १३३९ नम्बरको बस बर्दियाको रम्भापुरमा आज बिहान ४ बजे दुर्घटना भएको सोहि बसमा सवार एकजना यात्रुले जानकारी दिएका छन् | उनका अनुसार बस चालक सिकारु भएकाले दुर्घटना भएको हो । घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएको हो ।काठमाडौंबाट बिहान ११ः ३० बजे हिँडेको बस करिब भोलिपल्ट बेलुकी ४ बजे बझाङको सिमखेत बसपार्क पुग्ने गर्दछ ।

यसअघि पनि सोही बस नवलपरासीमा दुर्घटनामा परेको थियो । २०७३ साल जेठ ३ गते सोमबार उक्त बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा रोकिराखेको लु१ख ७७६८ नम्बरको ट्रकमा ठोक्किदा २० यात्रु घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले