२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला क्रिकेट सङ्घमा भट्ट

२०७६, ८ असार आईतवार ०६:१५

असार ८, बैतडी । दार्चुला क्रिकेट सङ्घको पाँचौँ जिल्ला अधिवेशन तथा विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ । सदरमुकामस्थित खलङ्गामा सम्पन्न साधारणसभाले देवेन्द्र भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

  समितिको उपाध्यक्षमा भुवन जोशी, सचिवमा दिनेश मल्ल र कोषाध्यक्षमा भोजराज जोशी चयन भएका छन् । यस्तै सदस्यमा खड्कसिंह लोथ्याल, नितिश भट्ट, कैलाशसिंह ठगुन्ना, धनेन्द्रसिंह धामी, विक्रमसिंह बडाल, हर्कबहादुर ठगुन्ना, जयन्ती भट्ट, इन्द्रदेव पन्त र प्रकाशसिंह नबियाल रहेका छन् ।

 यस्तै केन्द्रीय प्रतिनिधिमा जयन्ती भट्ट चयन भएकी छन् । प्रदेश प्रतिनिधिमा दिनेश मल्ल, खड्कसिंह लोथ्याल, देवेन्द्र भट्ट र धमेन्द्रसिंह धामी सर्वसम्मत रूपमा चयन भएका छन् ।

 साधारणसभा दार्चुला क्रिकेट सङ्घका निवर्तमान अध्यक्ष देवेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न भएको हो । यस्तै साधारणसभामा दार्चुला खेलकूद विकास समितिका सदस्य सुरेन्द्रबहादुर बम, अधिवक्ताद्वय धीरेन्द्र साउद, हरिचन्द्र जोशीलगायतको उपस्थिति थियो ।

 नेपाल क्रिकेट सङ्घको विधान २०५५ (संशोधनसहित) को धारा २२ (३) बमोजिम गठन भएको पाँच सदस्यीय ‘स्वतन्त्र टोली’ ले विधानको धारा २३ (५) बमोजिम विस्तृत अध्ययन गरी तयार गरेको प्रतिवेदनमा दार्चुला अपर्याप्त सदस्य भएको र सदस्यता खारेज भएको जिल्लामा परेको भए पनि एक मौका दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा