Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सात महिनापछि एम्बुलेन्स पुनह संचालनमा

२०७६, ८ असार आईतवार १०:४५

असार ८, डोटी | जिल्लाको जोरायल गाउँपालिकामा सात महीनादेखि थन्किएको एम्बुलेस पुनःसञ्चालनमा आएको छ । ‘सात महीनादेखि थन्कियो एम्बुलेन्स’भन्ने समाचार यही असार ६ गते राष्ट्रिय समाचार समितिमा प्रकाशित भएपछि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो ।

 एम्बुलेन्समा नेपाली काङ्ग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले सात महीनादेखि सञ्चालन गर्न मानेको थिएन । समाचार प्रकाशित भएपछि काङ्ग्रेस नेताको नाम हटाइने सहमति भई एम्बुलेन्स सञ्चालनमा आएको स्थानीय विजयप्रकाश मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक खिचातानीका कारण एम्बुलेन्स थन्किएको थियो, समाचार प्रकाशित भएपछि सबै ठाउँबाट दबाब आयो, अब एम्बुलेन्स चल्ने सहमति भएको हो ।”

थन्किएको एम्बुलेन्स चलाउने सहमति भएपछि अहिले गाउँपालिकाले एम्बुलेन्स चलाउन लोकेन्द्र छेडाल नाम गरेका चालकलाई नियुक्त गरेर मर्मतका लागि कैलालीस्थित गाडी मर्मत ग्यारेजमा पठाएको गाउँपालिकाका कार्यकारी प्रमुख समीर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आपसी विवादले एम्बुलेन्स थन्किएको थियो, अहिले सहमति भएपछि मर्मतका लागि एम्बुलेन्स कैलाली पठाएका छौँ, अब निरन्तर सञ्चालन हुनेछ ।”उक्त एम्बुलेन्समा नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेसनबाट सहयोग जुटाएर खरीद गरेको उल्लेख गरिएको थियो । नेपाली काङ्ग्रेसका नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले सात महीनादेखि प्राथमिक स्वास्थ्य केन्द्र जोरायलमा एम्बुलेन्स थन्काएको थियो । 

थन्किएको एम्बुलेन्स चल्ने भएपछि सुविधा पाउने भन्दै जोरायलका स्थानीय खुशी भएको गाउँपालिका–२ बुडरका स्थानीय भरत कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्स थन्किँदा हामीलाई साह्रै समस्या भएको थियो, बिरामी लैजान बाहिरबाट गाडी मगाउनुपथ्र्यो, अब आफ्नै एम्बुलेन्स चल्ने भयो खुशी छौँ हामी ।”उक्त एम्बुलेन्स गएको पुसको दोस्रो साता काङ्ग्रेस नेता विष्टले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको थियो । बडिकेदार गाउँपालिकामा भने एम्बुलेन्स सेवा पहिलेदेखि नै शुरु भइसकेको थियो । अमेरिका–नेपाल सम्पर्क समितिका सभापतिसमेत रहनुभएका नेता विष्ट जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी पनि हुनुहुन्छ । नेता विष्टले गाउँपालिकालाई विभिन्न दाता तथा अमेरिकामा रहेको आमा फाउण्डेसनबाट सहयोग जुटाएर प्रतिएम्बुलेन्स रु ११ लाख पर्ने दुई एम्बुलेन्स खरीद गर्नुभएको बताइएको छ । ती एम्बुलेन्स खरीद गर्दा नेपाल सरकारले गाउँपालिकाको सिफारिशमा कर मिनाहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित