२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चोरीको आरोपमा पक्राउ परेकी महिलाले गरिन प्रहरी हिरासतमै आत्महत्या

२०७६, ९ असार सोमबार ०७:५२

असार ९, काठमाडौँ | मोबाइल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाले शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयमा सुमनदेवी ठाकुर आइतबार बिहान झुण्डिएर मृत्त भएको अवस्थामा भेटिएकी हुन ।एक महिलाको मोवाइल चोरी गरेको आरोपमा उनी शनिबार साँझपख लहान बजारबाट पक्राउ परेकी थिइन् ।

लहानबाट करिब १० किलोमिटर दक्षिण पर्ने महेशबारी प्रहरीको हिरासतमा थुनिएकी ठाकुरको शव आइतबार बिहान करिब सवा ७ बजेतिर झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

हिरातसतमा झुण्डिएर महिलाको मृत्यु भएपछि आइतबार बिहान प्रहरी उपरीक्षक चतुर्वेदीसहित इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, सखुवानन्कारकट्टी गाउयँपालिका अध्यक्ष केदारनाथ यादव, उपाध्यक्ष अमलादेवी यादव, वडाध्यक्षहरु महेशबारी प्रहरी कार्यालय परिसर पुगेका थिए ।शव भेटिएपछि जनप्रतिनिधि, मावनअधिकारकर्मीको रोहवरमा घटनास्थल प्रकृति मुचुल्का उठाएपछि शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक ल्याइएको प्रहरी नायव उपरीक्षक रिजालले बताए ।लहानस्थित एक मोवाइल बिक्री गर्ने पसलमा मोबाइल बेच्ने क्रममा लहान प्रहरीले ठाकुरलाई शनिबार साँझ करिब ५ बजेतिर पक्राउ गरेको थियो ।

पक्राउ परे लगत्तै लहान प्रहरीको हिरासतमा पुर्याइएकी ठाकुर र बैंकिङ्ग कसुरको मुद्दामा काठमाडौंमा पक्राउ गरी लहान ल्याइएकी अर्की महिलासँगै राखिएको थियो ।

लहान प्रहरीको हिरासतमा ठाउँ अपुग भएपछि महिला प्रहरीसहित बैंकिङ्ग कसुर आरोप लागेकी महिलासँगै ठाकुरलाई पनि महेशबारी प्रहरीमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा अर्की महिलासँगै सुतेकी ठाकुर बिहान करिब ६ बजेतिर उठेपछि शौचालय जान्छु भन्दै गएको करिब २० मिनेटसम्म पनि नफर्किएपछि महिला प्रहरी गएर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको उनले बताए ।

सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर घर भएकी २५ वर्षीया ठाकुरले पहिलो पतिसँग सम्बन्धविच्छेद गरी स्थानीय लक्ष्मण ठाकुरसँग करिब पाँच वर्षअघि दोस्रो विवाह गरेकी थिइन् । पहिलो पतिपट्टि एक छोरा भएपनि बाबुसँगै बस्दै आएका छन् ।

ठाकुरले दोस्रो विवाह गरेपछि पतिसँग कल्याणपुरमै बस्दै आएकी थिइन् । घरको कमजोर आर्थिक अवस्था र रोजगारी नहुँदा ठाकुर यसअघि पनि पटक–पटक चोरीको आरोपमा पक्राउ परेको प्रहरीको रेकर्डमा पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला