२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेशको बजेट खर्च हुन सकेन

२०७६, ९ असार सोमबार ०८:५७

असार ९, भरतपुर  | जिल्लामा प्रदेश सरकारबाट प्राप्त बजेट न्यून मात्र खर्च भएको छ । चालू आर्थिक वर्षको ११ महीना पूरा हुँदा पूँजीगत खर्च २६ दशमलव ३७ प्रतिशत मात्र भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरले दिएको जानकारीअनुसार जिल्लामा पूँजीगततर्फ रु एक अर्ब ८८ करोड २४ लाख आएकामा जेठ मसान्तसम्ममा रु ४९ करोड ६३ लाख ६८ हजार मात्र खर्च भएको हो । चालूतर्फ रु ४२ करोड दुई लाख ५७ हजार आएकामा रु २१ करोड ६४ लाख मात्र खर्च भएको छ ।

कार्यालयका सूचना अधिकारी कृष्ण अधिकारीका अनुसार पहिलो चौमासिकको उत्तरार्धमा बजेट आएको र संस्थागत संरचना एवं ठेक्का व्यवस्थापन ढिला भएकाले बजेट खर्च कम भएको हो । प्रदेशसभा सदस्य विजय सुवेदीले कार्यालय मङ्सिरमा खुलेका, ताकेता पु¥याउन नसकिएको र स्थानीय सरकारको चासो कम पुगेकाले बजेट खर्च हुन नसकेको बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले प्रदेशसभा सदस्यलाई रु एक करोडका दरले विनियोजन गरिएको विकास बजेटबाहेक अन्य खर्च निकै कम भएको जानकारी दिनुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारबीच तालमेलको कमीले पनि बजेट खर्चमा कमी आएको श्रेष्ठको ठम्याइ छ ।

प्रदेशतर्फ जेठ मसान्तसम्म रु ५० करोड छ लाख ३७ हजार राजस्व सङ्कलन भएको छ । यस्तै सङ्घीय बजेटमा पनि अपेक्षाकृत खर्च हुन सकेको छैन । अधिकारीका अनुसार जिल्लामा जेठ मसान्तसम्मको पूँजीगततर्फ कूल बजेट रु आठ अर्ब ७९ करोड ८८ लाख ७५ हजार विनियोजन भएको थियो । उक्त आँकडामा पूँजीगत रु चार अर्ब ३८ करोड ४१ लाख ८९ हजारमध्ये रु दुई अर्ब २८ करोड ५६ लाख ८५ हजार मात्र खर्च भएको छ । यो पूँजीगत खर्चको ५२ दशमलव १३ प्रतिशत हो । त्यस्तै चालूतर्फ रु सात अर्ब ७७ करोड ७० लाख ६७ हजार मध्ये ८८ दशमलव ३९ प्रतिशत खर्च भएको छ । सङ्घतर्फ जेठ मसान्तसम्म रु २८ अर्ब २३ करोड ५५ लाख १३ हजार राजस्व सङ्कलन भएको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि