Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विदुर नगरपालिकाको बजेट ८५ करोड ३८ लाख

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असार १०, विदुर (रासस) | नुवाकोटको विदुर नगरपालिकाले पाँचौं नगरसभामा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ८५ करोड ३७ लाख ६१ हजारको बजेट प्रस्ततु गरेको छ । नगरपालिकाका उप–प्रमुख गीताकुमारी दाहालले सो बजेट प्रस्तुत गर्नुभएको हो ।&nbsp;<br></p><p>विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले नगरका हरेक समस्या न्यूनीकरण गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको बताउनुभयो । बजेटमा विकास निर्माण, योजना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलकूद, बालबालिका, महिला, पर्यटन, संस्कृतिलगायत विषयलाई प्राथमिकता दिइएको बताउनुभयो । यस्तै बजेटमा दलित, उत्पीडित, आदिवासी, जनजाति, महिलालाई विकासको मूलप्रवाहमा ल्याउन जोड दिने कार्यक्रम समावेश गरिएको उहाँले बताउनुभयो । “नगरवासीको स्वास्थ्य सेवालाई ख्याल गर्दै नगर एम्बुलेन्स सेवा शुरुआत गर्ने योजना छ”, पण्डितले भन्नुभयो ।&nbsp;</p><p>वार्षिक योजना कार्यक्रम तथा बजेटमा नगरपालिकाको आयतर्फ आन्तरिक स्रोत, सङ्घीय राजश्व बाँडफाँट, सङ्घीय वित्तीय समानीकरण अनुदान, सङ्घीय सशर्त अनुदान, सङ्घीय अनुदान, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानलगायतबाट आम्दानी गरिने उल्लेख छ ।&nbsp;&nbsp;</p>