२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पर्यटन प्रवद्र्धनका लागि संरचना निर्माण

११ असार २०७६, बुधबार ०३:१९

असार ११, जाजरकोट (रासस) | पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा  प्रवद्र्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ ।  

पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु गरिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रभित्र पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत भेरी नगरपालिका–१ को बडालेख–झ्याकुरे टाकुरामा पदमार्गको निर्माणकार्य सम्पन्न भएको कार्यालय प्रमुख कुमाईले बताउनुभयो ।

सालिमेडाँडा सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्माण गरिएको उक्त पदमार्गको लम्बाइ दुई हजार ५०० मिटर रहेको छ  । एक मिटर चौडाइ रहेको यस पदमार्गमा ४८० सिँढी निर्माण गरिएका छन् । रु आठ लाख २५ हजार अनुदान बजेटमा वातावरणमैत्रीपूर्ण पदमार्ग निर्माण गरिएको हो । शिवालय गाउँपालिका–७ को शिवालय–सुयाडा पर्यटन सडकको ७० प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । रु ५० लाख बजेट रहेको उक्त पर्यटन सडकको चौडाइ छ मिटर रहेको छ भने पाँच किलोमिटर लम्बाइ रहेको छ ।

भेरी नगरपालिका–१० पल्सेनी–बाल्यतरा–फेरा पर्यटन सडकको पनि निर्माणकार्य अगाडि बढिरहेको छ । रु २० लाख बजेट रहेको उक्त पर्यटन सडकको लम्बाइ चार किलोमिटर रहेको छ । यस पर्यटन सडकको ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ ।

त्यसैगरी कुशे गाउँपालिका–४ को ताँकाचौर–अर्छानी–नदहीडाब पर्यटन सडकको निर्माणकार्य भइरहेको छ । रु ५० लाख बजेट रहेको यस सडकको लम्बाइ पाँच किलोमिटर रहेको बताइएको छ । स्थानीयवासीको आपसी विवादका कारण निर्माणकार्यको शुरुआतमा ढिलाइ गरिएको यस पर्यटन सडकको ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको बताइएको छ । त्यसैगरी कुशे गाउँपालिका–७ खुर्पा, समाइला, हानिसल्ला–बारेकोट पर्यटन सडकको पनि निर्माणकार्य भइरहेको छ । रु ४० लाख बजेट रहेको उक्त पर्यटन सडकको लम्बाइ झण्डै पाँच किलोमिटर रहेको छ । यस सडकको निर्माणकार्य ५० प्रतिशत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी नलगाड नगरपालिका–१३ औलगुर्ता, खेत्तमा, व्युरुपा, सिउन हँुदै मुट्केचुला पर्यटन सडकको पनि निर्माणकार्य भइरहेको छ । स्थानीयवासीको आन्तरिक विवादका कारण झण्डै डेढ महीनासम्म निर्माणकार्य शुरु हुननसकेको उक्त पर्यटन सडकको रु ५० लाख बजेट छ भने उक्त बजेटबाट निर्माण गर्नुपर्ने सडकको लम्बाइ पाँच किलोमिटर छ । उक्त सडकको निर्माणकार्य २५ प्रतिशत मात्र भएको भए तापनि असारको २०÷२१ गतेसम्म सबै काम सम्पन्न भइसक्ने बताइएको छ ।

त्यसैगरी जाजरकोटका संस्थापक राजा मेदेनी बर्माको भेरी नगरपालिका–११ जगतीपुरमा रहेको ऐतिहासिक दरबारको जीर्णोद्धारकार्य सम्पन्न गर्नका लागि उपभोक्त समिति बनिसकेको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य