२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पर्यटन प्रवद्र्धनका लागि संरचना निर्माण

२०७६, ११ असार बुधबार ०३:१९

असार ११, जाजरकोट (रासस) | पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा  प्रवद्र्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ ।  

पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु गरिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रभित्र पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत भेरी नगरपालिका–१ को बडालेख–झ्याकुरे टाकुरामा पदमार्गको निर्माणकार्य सम्पन्न भएको कार्यालय प्रमुख कुमाईले बताउनुभयो ।

सालिमेडाँडा सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्माण गरिएको उक्त पदमार्गको लम्बाइ दुई हजार ५०० मिटर रहेको छ  । एक मिटर चौडाइ रहेको यस पदमार्गमा ४८० सिँढी निर्माण गरिएका छन् । रु आठ लाख २५ हजार अनुदान बजेटमा वातावरणमैत्रीपूर्ण पदमार्ग निर्माण गरिएको हो । शिवालय गाउँपालिका–७ को शिवालय–सुयाडा पर्यटन सडकको ७० प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । रु ५० लाख बजेट रहेको उक्त पर्यटन सडकको चौडाइ छ मिटर रहेको छ भने पाँच किलोमिटर लम्बाइ रहेको छ ।

भेरी नगरपालिका–१० पल्सेनी–बाल्यतरा–फेरा पर्यटन सडकको पनि निर्माणकार्य अगाडि बढिरहेको छ । रु २० लाख बजेट रहेको उक्त पर्यटन सडकको लम्बाइ चार किलोमिटर रहेको छ । यस पर्यटन सडकको ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ ।

त्यसैगरी कुशे गाउँपालिका–४ को ताँकाचौर–अर्छानी–नदहीडाब पर्यटन सडकको निर्माणकार्य भइरहेको छ । रु ५० लाख बजेट रहेको यस सडकको लम्बाइ पाँच किलोमिटर रहेको बताइएको छ । स्थानीयवासीको आपसी विवादका कारण निर्माणकार्यको शुरुआतमा ढिलाइ गरिएको यस पर्यटन सडकको ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको बताइएको छ । त्यसैगरी कुशे गाउँपालिका–७ खुर्पा, समाइला, हानिसल्ला–बारेकोट पर्यटन सडकको पनि निर्माणकार्य भइरहेको छ । रु ४० लाख बजेट रहेको उक्त पर्यटन सडकको लम्बाइ झण्डै पाँच किलोमिटर रहेको छ । यस सडकको निर्माणकार्य ५० प्रतिशत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी नलगाड नगरपालिका–१३ औलगुर्ता, खेत्तमा, व्युरुपा, सिउन हँुदै मुट्केचुला पर्यटन सडकको पनि निर्माणकार्य भइरहेको छ । स्थानीयवासीको आन्तरिक विवादका कारण झण्डै डेढ महीनासम्म निर्माणकार्य शुरु हुननसकेको उक्त पर्यटन सडकको रु ५० लाख बजेट छ भने उक्त बजेटबाट निर्माण गर्नुपर्ने सडकको लम्बाइ पाँच किलोमिटर छ । उक्त सडकको निर्माणकार्य २५ प्रतिशत मात्र भएको भए तापनि असारको २०÷२१ गतेसम्म सबै काम सम्पन्न भइसक्ने बताइएको छ ।

त्यसैगरी जाजरकोटका संस्थापक राजा मेदेनी बर्माको भेरी नगरपालिका–११ जगतीपुरमा रहेको ऐतिहासिक दरबारको जीर्णोद्धारकार्य सम्पन्न गर्नका लागि उपभोक्त समिति बनिसकेको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु