२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

गरिबसंग अध्यक्ष, महिलासंग उपाध्यक्ष, गाउँपालिकाको कार्यक्रम

२०७६, १२ असार बिहीबार ०८:०९

असार १२, काठमाडौँ |  डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा ‘गरीबसँग अध्यक्ष’ र ‘महिलासंग उपाध्यक्ष’कार्यक्रम घोषणा गरेको छ | 

मंगलबार गाउँसभामा पेश गरिएको आगामी आर्थिक बर्षको कार्यक्रम तथा वजेटमा यी दुई नयाँ कार्यक्रमहरु समावेश गरिएको छ । गाउँपालिकाभित्रका बिपन्न परिवारलाई प्रत्यक्ष सहयोग पुर्‍याउनका लागि ‘गरीबसंग अध्यक्ष’कार्यक्रम प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष कमल गड्सिला ‘एनान’ले जानकारी दिएका छन् ।

कार्यक्रमको काम पहिलो गरिब आर्थिक अवस्था कमजोर भएका परिवारका घरका छानामा टिन लागाउने काम हुन्छ | गरिब आर्थिक अबस्था कम्जोर भएका घर परिवारले छाना खरले छाएका छन् राति पानी परेको बेलामा चुहिन्छन ,राम्रो संग बस्न र सुत्न पनि पाउदैनन त्यसकारण यो कार्यक्रम ल्याएको  जानकारी उनले दिए |

उनले गाउँपालिकाले गरीव परिवारको सूचीकरण गरी साँझ बिहान छाक टार्न पनि धौ धौ भएका परिवारहरुलाई उत्पादनमूलक क्षेत्रमा जोड्ने गरी कार्यक्रम बनाइने बताए । ‘विपन्न परिवारका बालबालिकाहरुको शिक्षा, स्वास्थ्यको बिषयमा पनि गाउँपालिकाले ठोस नीति बनाउने छ’अध्यक्ष एनानले भने ‘गाउँपालिकाले पहिलो प्राथमिकता उनीहरुको घर मर्मतलाई दिन्छ ।’

 अर्को कार्यक्रम “महिलासंग उपाध्यक्ष” मा महिलाहरुको क्षमता विकास, प्राविधिक शिक्षासम्मका क्रियाकलापहरु यस कार्यक्रममा समावेश गर्ने योजना रहेको उपाध्यक्ष भगवती बमले बताइन् । पहिलो प्राथमिकता महिलाहरुको क्षमता विकासमा दिइनेछ |

महिलाहरुलाई उत्पादनमा सहभागि गराउँदै आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप यो कार्यक्रम ल्याइएको हो | गाउँ कार्यपालिकाले ‘गरीबसंग अध्यक्ष’कार्यक्रमका लागि ५० लाख र ‘महिलासंग उपाध्यक्ष’कार्यक्रमका लागि १२ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित