२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार : जिल्ला प्रशासन कार्यालयले सोध्यो, संघको निर्वाचन कहिले हुँदैछ ?

१२ असार २०७६, बिहीबार ०८:२५

असार १२, काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल बैदेशिक रोजगार व्यवसायी संघलाई ५ दिने अल्टिमेटम सहितको पत्र पठाएको छ। असार २७ गतेलाई तोकिएको संघको साधारणसभा र निर्वाचन गर्ने विषयमा व्यवसायी विच नै मतान्तर देखिंदै आएको छ । सोहि विषयलाई लिएर प्रशासन कार्यालयले पत्र काटिएको हुनसक्ने व्यवसायीले आकलन गरेका छन् ।

संघलाई लेखेको पत्रमा भनिएको छ, 'वर्तमान कार्यसमितिको कार्यकाल कहिलेसम्म हो ? विधान बमोजिम अब कार्यसमितिको निर्वाचन कहिले हुँदैछ ?' त्यस्तै गरि अन्य जवाफ माग्दै भनिएको छ, निर्वाचन कार्यक्रम घोषणा भएको भए निर्वाचन कार्यक्रम कार्यतालिका सहितको विवरण र संस्थाको विधानको प्रतिलिपि पेश गर्नुहोला । 

संघले आगामी असार २७ गते साधारणसभा र निर्वाचन गर्ने घोषणा गरिसकेको छ। आगामी भदौ १८ गतेभित्र म्यानपावर कम्पनीको वृद्धि गरिएको नगद धरौटी, बैंक ग्यारन्टी व्यवस्था गरिसक्नु पर्नेछ। यस्तो अवस्थामा धरौटी जम्मा नगर्ने व्यवसायी पनि निर्वाचनमा सहभागी हुने अवस्था आउने भएकोले भदौ १८ पछाडी निर्वाचन गर्नु उपयुक्त हुने केहि व्यवसायीले बताउंदै आएका छन् तर नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले भने ताजा जनादेशका आधारमा तिकिएकै मितिमा निर्वाचन गरिनु पर्ने माग गर्दै आएको छ।

जिल्ला प्रशासन कार्यालयले संस्थालाई आवश्यक निर्देशन दिन सक्ने र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुने भन्ने व्यवस्था संस्था दर्ता ऐनमा रहेको छ । तर जिल्ला प्रशासन कार्यालयले दिएको आदेशमा चित्त नबुझाउने पक्षले पुनरावेदन अदालतमा उजुरी दिन पाउने व्यवस्था पनि सोही ऐनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य