2026-09-04 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार : जिल्ला प्रशासन कार्यालयले सोध्यो, संघको निर्वाचन कहिले हुँदैछ ?

असार १२, काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल बैदेशिक रोजगार व्यवसायी संघलाई ५ दिने अल्टिमेटम सहितको पत्र पठाएको छ। असार २७ गतेलाई तोकिएको संघको साधारणसभा र निर्वाचन गर्ने विषयमा व्यवसायी विच नै मतान्तर देखिंदै आएको छ । सोहि विषयलाई लिएर प्रशासन कार्यालयले पत्र काटिएको हुनसक्ने व्यवसायीले आकलन गरेका छन् ।

संघलाई लेखेको पत्रमा भनिएको छ, ‘वर्तमान कार्यसमितिको कार्यकाल कहिलेसम्म हो ? विधान बमोजिम अब कार्यसमितिको निर्वाचन कहिले हुँदैछ ?’ त्यस्तै गरि अन्य जवाफ माग्दै भनिएको छ, निर्वाचन कार्यक्रम घोषणा भएको भए निर्वाचन कार्यक्रम कार्यतालिका सहितको विवरण र संस्थाको विधानको प्रतिलिपि पेश गर्नुहोला । 

संघले आगामी असार २७ गते साधारणसभा र निर्वाचन गर्ने घोषणा गरिसकेको छ। आगामी भदौ १८ गतेभित्र म्यानपावर कम्पनीको वृद्धि गरिएको नगद धरौटी, बैंक ग्यारन्टी व्यवस्था गरिसक्नु पर्नेछ। यस्तो अवस्थामा धरौटी जम्मा नगर्ने व्यवसायी पनि निर्वाचनमा सहभागी हुने अवस्था आउने भएकोले भदौ १८ पछाडी निर्वाचन गर्नु उपयुक्त हुने केहि व्यवसायीले बताउंदै आएका छन् तर नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले भने ताजा जनादेशका आधारमा तिकिएकै मितिमा निर्वाचन गरिनु पर्ने माग गर्दै आएको छ।

जिल्ला प्रशासन कार्यालयले संस्थालाई आवश्यक निर्देशन दिन सक्ने र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुने भन्ने व्यवस्था संस्था दर्ता ऐनमा रहेको छ । तर जिल्ला प्रशासन कार्यालयले दिएको आदेशमा चित्त नबुझाउने पक्षले पुनरावेदन अदालतमा उजुरी दिन पाउने व्यवस्था पनि सोही ऐनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो