२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ लाखसम्म लिने म्यानपावर विरूद्ध आक्रामक बन्दै विभाग, कामदारले गुनासा टिपाए रंगेहात समातिने

१२ असार २०७६, बिहीबार १२:५२

मनोज पराजुली, असार १२, काठमाडौं । बैदेशिक रोजगार विभाग रोजगारीका लागि विदेश जाँदा कामदारबाट चर्को शुल्क अशुल गर्ने म्यानपावर विरुद्ध आक्रामक रुपमा पस्तुत हुने भएको छ। म्यानपावर कम्पनीले चर्को शुल्क लिन लागेको बारे साझा सवाललाई प्राप्त गुनासा बारे जानकारी लिंदै विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले छिट्टै नयाँ तरिकाबाट अनुगमन तथा छानवीन गर्न लागिएको बताए। 

सरकारले खाडीका देशमा जान प्रतिव्यक्ति १० हजार सम्म सेवाशुल्क म्यानपावर कम्पनीले लिन पाउने सीमा तोकेको छ तर अधिकांश म्यानपावरहरुले १ लाख देखि ५ लाख सम्म लिएर कामदारहरुलाई विदेश पठाउँदै आएका छन् । व्यवसायी विच नै अस्वस्थ प्रतिस्पर्धाका कारण पनि कामदारबाट लिने लागत बढ्न गएको व्यवसायी तर्क गर्दछन् ।

विभागले पछिल्लो समय चर्को शुल्क लिन लागेको बारे जानकारी दिने कामदारलाई तोकिएकै लागतमा विदेश पठाउने व्यवस्था गरेको छ तर अधिकांश कामदार यसबारे जानकारी नहुँदा तथा सूचना दिएमा विदेश जान नपाइने डरले उजरी गर्न मान्दैनन् । 

देश अनुसार लागत फरक 

हाल खाडीका देश जान समय लेवर कामका लागि ९० हजार देखि १ लाख ५० हजारसम्म लिने गरेको विदेश गएका कामदारहरु बताउंदै आएका छन् । त्यस्तै बढी मात्रामा दुवईको पिएसबिडी तथा डिपिएस सेक्युरिटी गार्ड, ड्राइभर कामको लागि ३ लाख ५० हजार देखि ५ लाखसम्म तिर्नुपरेको कामदारको गुनासो छ । अन्तर्वार्ता पास भएलगतै म्यानपावर कम्पनीले १ लाख देखि डेढ लाखसम्म अग्रिम लिने गरेका छन् सो पश्च्यात श्रम स्वीकृति लिने बेलासम्म किस्ता किस्तामा रकम तिर्नुपरेको कामदारहरुले बताएका छन् ।

यस्तो कार्यलाई नियन्त्रण गर्नका लागि विभागले अन्तर्वार्ता पास भएका तथा श्रम स्वीकृति निस्केका कामदारहरुको सम्पर्क नम्बर सहित सबै विवरण नै म्यानपावर कम्पनीले उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था गर्न लागिको महानिर्देशक भुसालले बताए। हाल कामदारको सम्पर्क नम्बर सहितको विवरण पेश गर्नुपर्ने बाध्यकारी नियम छैन। जसका कारण विभागले कामदारसँग सम्पर्क गर्न सकेको छैन । विभागले म्यानपावर कम्पनीलाई तिरेको लागतको बिल लिन तथा बैंकिङ प्रणालीबाट मात्र भुक्तानी गर्न कामदारलाई अनुरोध गर्दै आएको छ तर म्यानपावर कम्पनीले पैसा तिरेको प्रमाण दिंदा समस्या आउने भन्दै सिधै तथा एजेन्ट मार्फत कामदारबाट रकम लिने गरेको कामदारको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट