2026-09-04 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ लाखसम्म लिने म्यानपावर विरूद्ध आक्रामक बन्दै विभाग, कामदारले गुनासा टिपाए रंगेहात समातिने

मनोज पराजुली, असार १२, काठमाडौं । बैदेशिक रोजगार विभाग रोजगारीका लागि विदेश जाँदा कामदारबाट चर्को शुल्क अशुल गर्ने म्यानपावर विरुद्ध आक्रामक रुपमा पस्तुत हुने भएको छ। म्यानपावर कम्पनीले चर्को शुल्क लिन लागेको बारे साझा सवाललाई प्राप्त गुनासा बारे जानकारी लिंदै विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले छिट्टै नयाँ तरिकाबाट अनुगमन तथा छानवीन गर्न लागिएको बताए। 

सरकारले खाडीका देशमा जान प्रतिव्यक्ति १० हजार सम्म सेवाशुल्क म्यानपावर कम्पनीले लिन पाउने सीमा तोकेको छ तर अधिकांश म्यानपावरहरुले १ लाख देखि ५ लाख सम्म लिएर कामदारहरुलाई विदेश पठाउँदै आएका छन् । व्यवसायी विच नै अस्वस्थ प्रतिस्पर्धाका कारण पनि कामदारबाट लिने लागत बढ्न गएको व्यवसायी तर्क गर्दछन् ।

विभागले पछिल्लो समय चर्को शुल्क लिन लागेको बारे जानकारी दिने कामदारलाई तोकिएकै लागतमा विदेश पठाउने व्यवस्था गरेको छ तर अधिकांश कामदार यसबारे जानकारी नहुँदा तथा सूचना दिएमा विदेश जान नपाइने डरले उजरी गर्न मान्दैनन् । 

देश अनुसार लागत फरक 

हाल खाडीका देश जान समय लेवर कामका लागि ९० हजार देखि १ लाख ५० हजारसम्म लिने गरेको विदेश गएका कामदारहरु बताउंदै आएका छन् । त्यस्तै बढी मात्रामा दुवईको पिएसबिडी तथा डिपिएस सेक्युरिटी गार्ड, ड्राइभर कामको लागि ३ लाख ५० हजार देखि ५ लाखसम्म तिर्नुपरेको कामदारको गुनासो छ । अन्तर्वार्ता पास भएलगतै म्यानपावर कम्पनीले १ लाख देखि डेढ लाखसम्म अग्रिम लिने गरेका छन् सो पश्च्यात श्रम स्वीकृति लिने बेलासम्म किस्ता किस्तामा रकम तिर्नुपरेको कामदारहरुले बताएका छन् ।

यस्तो कार्यलाई नियन्त्रण गर्नका लागि विभागले अन्तर्वार्ता पास भएका तथा श्रम स्वीकृति निस्केका कामदारहरुको सम्पर्क नम्बर सहित सबै विवरण नै म्यानपावर कम्पनीले उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था गर्न लागिको महानिर्देशक भुसालले बताए। हाल कामदारको सम्पर्क नम्बर सहितको विवरण पेश गर्नुपर्ने बाध्यकारी नियम छैन। जसका कारण विभागले कामदारसँग सम्पर्क गर्न सकेको छैन । विभागले म्यानपावर कम्पनीलाई तिरेको लागतको बिल लिन तथा बैंकिङ प्रणालीबाट मात्र भुक्तानी गर्न कामदारलाई अनुरोध गर्दै आएको छ तर म्यानपावर कम्पनीले पैसा तिरेको प्रमाण दिंदा समस्या आउने भन्दै सिधै तथा एजेन्ट मार्फत कामदारबाट रकम लिने गरेको कामदारको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो