2026-09-13 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी २३ वर्षीय युवकको मृत्यु

असार १५, कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणीमा आज मोटरसाइल दुर्घटनामा परी २३ वर्षीय युवकको मृत्यु भएको छ ।

कैलालीको अत्तरियाबाट झलारीतर्फ आउँदै गरेको म१प ७२९१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हँुदा शुक्लाफाँटा नगरपालिका–४ असैनाका वीरेन्द्र रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

मोटरसाइकल अनियन्त्रित भई सडक नजीकको पोलमा ठोक्ँिकदा सख्त घाइते भएका रानाको उपचारका लागि कैलालीको पद्मा अस्पतालमा पु¥याएपछि मृत्यु भएको उहाँले बताउनुभयो । मोटरसाइकल पछाडि बसेका मृतकका बुवा ५० वर्षीय सुका रानासमेत घाइते भएका छन् । घाइते रानाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । रानाको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको छ ।

कृषि ‘उत्पादन बढाउन यान्त्रिकरणमा जोड दिनुपर्छ’

सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री पठानसिंह बोहराले परम्परागत खेती प्रणालीमा सुधार गर्दै आधुनिक खेतीलाई बढावा दिनुपर्ने बताउनुभएको छ । 

१६औँ धान दिवसका अवसरमा कृष्णपुर नगरपालिका–६ बञ्जरियामा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले कृषिलाई आधुनिक बनाइ यान्त्रिकरणमा जोड दिनुपर्ने बताउनुभयो । निर्वाहमुखी कृषि प्रणालीले जीवन धानिने भए पनि जीवनस्तरमा सुधार ल्याउन कृषि प्रणालीलाई अवलम्बन गर्न नितान्त जरुरी रहेको उहाँको भनाइ छ । 

प्रदेश सरकारले कृषिलाई आधुनिकिकरण गर्न प्रर्याप्त बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशसभाका सदस्य महेशदत्त जोशीले स्थानीय जातका अन्नका बीउ जोगाउन सबैले लाग्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत टीकाराम थापाले देशमा बाह्य क्षेत्रबाट चामलको आयात प्रतिवर्ष रु २५ अर्ब बराबरको आयात हुने गरेको बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री बोहराले धान रोप्ने आधुनिक मेसिन खेतमा चलाएर धान दिवसको उद्घाटन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले