असार १६, बझाङ | बझाङको बित्थड चिर गाउँपालिका ५ ओसैलमा सोमबार बालुवा खानी भत्केर एक महिलाको मृत्यूु भएको छ | तीन जना घाईते भएका छन् ।
उक्त घटनामा मृत्यु हुनेमा बित्थड चिर गाउँपालिका ५ ओसैल घर भएकी बर्ष ३५ की चाखुडी महर रहेकी छन् । घटनामा सोही गाउँका बर्ष ३० की गम्भा महर , बर्ष ३६ की कुटुरी महर र बर्ष २८ का हरिभान महर रहेको बित्थड प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक धनन्जय जोशीले जानकारी दिएका छन् ।
बित्थड चिर गाउँपालिका ५ मा निर्माण भइरहेको स्वास्थ्य चौकीको भवनको मजदुरी काम गरिरहेका उनिहरु बालुवा निकाल्ने क्रममा माथीबाट ढिस्को खसेर पुरिएका हुन् । स्थानीयले देखेपछि पुरिएका मध्य तिनै जनालाई बालुबाको ढिस्कोबाट निकालेर उद्घाटन गरेका थिए । एक जनालाई समयमै निकाल्न नसक्दा मृत्यु भएको थियो ।
ढिस्कोले पुरिएर गम्भीर घाईते तिनै जनालाई स्थानीय देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मृतकको पोष्टमाटमका लाष् देलेख प्राथमिक स्वास्थ्य चौकीमा लगिएको प्रहरीले बताएको छ ।