२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्याङ्जामा बाँदर आतङ्क, नियन्त्रणका लागि गाउँपालिकाले छुट्यायो बजेट

१७ असार २०७६, मंगलवार ०५:२३

असार १७, स्याङ्जा | स्याङ्जाको विहादी गाउँपालिकाका किसान यतिबेला बाँदर आतङ्कबाट हैरान बनेका छन् । किसानले खेतबारीमा लगाएको मकैलगायत अन्न बाली खानाका साथै तरकारी  र फलफूलमा पु¥याएको क्षतिले किसान निराश बनेका छन् । विहादी –४ लिङसियाकी रन्नता पाठकले भन्नुभयो, “बाँदरले खेतबारीमा लगाइएको खेतीबाली सखाप पा¥यो पा¥यो, त्यसमाथि घरघरमा छिरेर बच्चा र बूढाबूढीमाथि समेत आक्रमण गरेर गाउँमा बस्नै नसकिने बनायो ।” 

वानरकै कारण पाँच रोपनी जमीनमा लगाएको तरकारीका साथै फलफूल खेतीसमेत गर्न छाड्नुपरेको बताउँदै पाठकले खाना र भाँडासमेत वानरले बोकेर लैजान थालेकाले बसाइँसराइ सरेर जाने क्रम बढेको जानकारी दिनुभयो ।  सोही गाउँपालिका ५ उरामका एकनारायण काफ्लेले वानरले तीन रोपनीमा लगाइएको तरकारी खेती र २२ रोपनी जमीनमा लगाइएको मकै खाएर सखाप पारेपछि अहिले सबै बाँझो बनेको बताउनुभयो । 

गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालले गाउँपालिकाका ३३ प्रतिशत मकै वानरले खाइसकेको जानकारी दिँदै यसलाई मार्न कानूनी रुपमा बन्देज भए पनि अधिकांश किसानबाट सोही उपाय अपनाएर भए पनि समस्याको समाधान गर्नुपर्ने माग आउने गरेको बताउनुभयो । गाउँपालिका परिषद्बाट बाँदर नियन्त्रणका लागि केही बजेट विनियोजन गरिएको बताउँदै कुनै त्यस्तो खालको प्रविधि भएका खण्डमा नियन्त्रणका लागि प्रयोग गर्ने योजनामा रहेको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य