2026-09-13 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पहिरोको जोखिमले स्थानीय त्रसित, भन्छन निन्द्रनै लाग्दैन

असार १७, डोटी | जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश बासिन्दालाई हिजोआज बाढी र पहिरोको चिन्ता बढ्न थालेको छ । वर्षा यामसँगै ग्रामीण बस्तीमा बाढी तथा पहिरोको जोखिम बढ्ने भएकाले यहाँका बासिन्दामा चिन्ता बढ्न थालेको हो । 

वर्षाको समय शुरु भएकाले यहाँका बासिन्दालाई कतिबेला कहाँबाट बाढी र पहिरो आउने हो भन्ने चिन्ताले पिरोलिरहेको शिखर नगरपालिका–११ बारपाटाका गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका बस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा छन्, राति ठूलो पानी पर्दा कहाँ के हुने हो भनेर हामीलाई निन्द्रा पनि पर्दैन ।” जिल्लाको शिखर नगरपालिका–१० बनलेग र वडा नं ११ बारपाटामा वर्षेनी वर्षाको समयमा बाढी र पहिरोले दुःख दिने गरेको छ । सेती नदीमा पानीको बहाव बढेसँगै बारपाटा गाउँका बासिन्दाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता कायमै रहेको स्थानीयवासी बताउँछन् । सेती नदी किनारको अधिकांश बस्ती र जमीन पनि बाढीको उच्च जोखिममा छ ।   

त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा वर्षा शुरु भएसँगै सायल गाउँपालिका–४ बावनसेनका बासिन्दालाई चार वर्ष अगाडिको कहाली लाग्दो रातको सम्झनाले सताउने गर्दछ । विसं २०७२ साउन २३ गते आएको भारी वर्षाका कारण बावनसेनमा एकै परिवारका पाँचसहित छ जनाको ज्यान जानका साथै उक्त क्षेत्रका सयौँ रोपनी खेतीयोग्य जमीन, पशुचौपायासमेत बाढीले बगाएको थियो । सोभन्दा अगाडिका वर्षमा यहाँ प्राकृतिक प्रकोपका घटना भएकाले यस वर्ष मनसुन शुरु हुनुअगावै जिल्लामा दैवी प्रकोप पूर्वतयारीलाई पूर्णता दिइएको छ । जिल्ला सदरमुकाममा विपत् पूर्वतयारीका विभिन्न कार्य गरिएका छन् । जिल्लाको विपत् प्रतिकार्य योजना अध्यावधिक गरिनाका साथै स्थानीय समुदाय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सङ्घ संस्थालाई सम्भावित प्रकोपमा उद्धारका लागि  जुट्न तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मनसुन शुरु भइसकेको त छैन, तर हामीले स्थानीयस्तरदेखि जिल्लास्तरसम्म विपत् व्यवस्थापन समितिलाई पर्याप्त मात्रामा आवश्यक सामग्री प्रदान गरिसकेका छौँ, विपत् आइपरे समाधान गर्न तयारी अवस्थामा छौँ ।” जिल्लाका विभिन्न २२ स्थानलाई दैवी प्रकोपको हिसाबले उच्च जोखिममा राखिएको छ । जोखिम रहेका स्थानको पहिचानको आधारमा विभिन्न सङ्घ संस्थाले उक्त क्षेत्रमा कार्य गरिरहेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले विपत् प्रतिकार्यका लागि सामुदायिक पहल (क्याड्रे) कार्यक्रम सञ्चालन गरिरहेको छ । 

उक्त स्थानका समुदायमा प्रतिसमुदायमा १२ व्यक्तिलाई उद्धारकर्ताको तालीम र आवश्यक सामग्री दिनुका साथै आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश महासङ्घका महासचिव देवबहादुर बोहराले बताउनुभयो । 

जिल्लाको कति प्रतिशत भूभाग पहिरोको उच्च जोखिममा छ भन्ने यकिन तथ्याङ्क नभए पनि उच्च पहाडी भाग तथा यसअघि हुँदै आएका दैवी प्रकोपका घटनाको आधारमा जोखिमयुक्त स्थान पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । डोटीमा बाढी पहिरोमा परी चालू आर्थिक वर्षमा मात्रै नौ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले