सुनिल कुँवर | असार १७, काठमाडौँ | बझाङको बुङ्गल नगरपालिका २ खोचेगाड्को तारकाबगरमा एक युवती मृत फेला परेकी छन । सोमबार राति साथिको घर जान हिडेकी बुङगल नगरपालिका २ की २० वर्षीया ललीता कुमारी धामी मंगलबार सडकमा मृत अवस्थामा भेटिएकी हुन ।
स्थानीयले आक्रोसित भएर दुई वटा टिप्परमा तोडफोड गरेका छन् | शव पोष्टमाट्मको लागि चैनपुर् लगिने र अहिले अनुशन्धानको लागि प्रहरी घटना स्थल पुगेको जानकारी प्रहरी निरिक्षक जनक धामीले दिएका छन् |