२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : हेलिकप्टरबाट आमा र शिशुको उद्धार

१७ असार २०७६, मंगलवार १७:००

असार १७, बागलुङ । शल्यक्रियापछि जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि उपचारका लागि हेलिकप्टबाट पोखरा लगिएको छ । ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उहाँको नवजात छोरालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

व्यथाले च्यापेर गम्भीर अवस्थामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभएकी विकलाई बुधबार शल्यक्रिया गरेर प्रसूति गराइएको थियो । डा कृष्णहरि श्रेष्ठ र डा दिलीप कोजुलगायतको टोलीले शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापश्चात जन्मेका विकका नवजात छोराको मुटुको गति असामान्य भएपछि चिकित्सकले तत्कालै सुत्केरी आमा र नवजात शिशुलाई पोखरा ‘रिफर’ गरेका थिए । पोखरास्थित गण्डकी अस्पतालको अतिसघन कक्षमा शिशुको उपचार भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख दीपक तिवारीले बताउनुभयो ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहल तथा समन्वयमा सुत्केरी आमा र नवजात शिशुको उद्धार गरिएको हो । हेलिकप्टरदेखि उपचारमा लाग्ने सबै खर्च मन्त्रालयले व्यहोर्ने जनाइएको छ । उद्धारमा प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलगायत खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै