२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सवारी दुर्घटनामा परी एकको मृत्यु, १२ जना घाइते

१८ असार २०७६, बुधबार ०५:१६

असार १८, नवलपरासी | नवलपरासीमा आज बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।

 पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको  देवचुली नगरपालिका–१६ कुमारवर्ती चोकमा लु२ख १४९३ नंको बसले सोही स्थान बस्ने ७५ वर्षीया पैदलयात्री राधिका अधिकारीलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

यस्तै मध्यविन्दु नगरपालिका–८ फूलबारीमा ना७ख ६८४१ नंको बसलाई  ना७ख ६३ नंको ट्रकले ठक्कर दिँदा बसमा सवार १२ घाइते भएका छन् । घाइतेमध्ये सामान्य १० जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।

सुर्खेत घर भएका २५ वर्षीय योगेश भासरती र ३५ वर्षीय मणिराम बरकको अवस्था भने गम्भीर रहेको छ । उनीहरु दुवैको  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन