2026-06-19 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाली भाषा परीक्षा उत्तीर्णहरुको सीप परीक्षण भदौमा, असार २९ सम्म नाम दर्ता गरिसक्नु पर्ने

असार १८,काठमाडौं । सन् २०२० का लागि दक्षिण कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा उत्तीर्ण भएका श्रमिक (परीक्षार्थी)को सीप परीक्षण आगामी भदौ महिनामा हुने भएको छ । भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको सीप परीक्षण भदौ ४ देखि १८ गतेसम्म हुने वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस शाखाले जानकारी दिएको छ ।

सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम भरिसक्नुपर्ने जनाइएको छ । सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना उत्तीर्ण भएका थिए ।

ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रका लागि परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । उक्त भाषा परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य सहभागी हुनुपर्ने भएको छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् । भाषा परीक्षा पास भएकाले सय अंकको सीप परीक्षा अनिवार्य दिनुपर्ने भएको छ । सीप परीक्षणमा पास भएका परीक्षार्थीले मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने शाखाले जनाएको छ ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले वर्ष उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जनाका लागि कोटा छुट्याए पनि निर्धारण गरेको कोटा भन्दा २ हजार बढीको नाम प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ