2026-09-14 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गर्भवतीका लागि वरदान बन्दै ‘बर्थिङ सेन्टर’

असार १९,  बागलुङ | ‘व्यथा लागेपछि आत्तिँदै डोकोमा बोकेर दगुराउँथे, मर्ने बाँच्नेको पत्तै हुन्नथ्यो’,तमानखोला गाउँपालिका–५ खुंखानीकी आशमाया रसाइलीले विगत कोट्याउँदै प्रश्रव पीडा सम्झिनुभयो । 

आशमायाले दुःख पाएको त्यो पल, गाउँमा दक्ष जनशक्ति र स्वास्थ्य संस्था नभएको समय थियो । “अहिले गाउँमा मोटरबाटोसँगै गाडी पनि आउँछन्”, रसाइलीले भन्नुभयो, “एक-दुई घण्टामा अस्पताल पु¥याउँछ, आश गर्ने ठाउँ बनेको छ ।” 

उ बेलाको जस्तो सिटामोल नै नपाउने अवस्था त अहिले छैन तर पनि खुंखानीका महिलालाई अझै पनि बच्चा जन्माउने सुरक्षित ठाउँको भने अभाव नै थियो । गर्भवती, नवजात शिशु र सुत्केरीहरुले सामान्य स्वास्थ्य सल्लाहसम्म नपाएका कारण जिल्लाको तमानखोला, निसीखोला र ढोरपाटनका कैयौँ महिला तथा बालबालिकाले ज्यान गुमाएको यथार्थ गाउँलेहरु अहिले सम्झन्छन् । 

एक–दुई महीना पहिला पनि खुंखानीका गर्भवती महिलाका लागि सामान्य समस्या पहिचान गर्न सक्ने स्वास्थ्य संस्था थिएन । गर्भवतीको चेकजाँच गर्नका लागि आवश्यक सामान्य प्रयोगशाला, बच्चा र गर्भवतीका लागि सहयोग गर्ने आवश्यक जनशक्ति र ‘बर्थिङ सेन्टर’को अभाव लगायतका समस्या त्यहाँका महिलाले भोग्दै आएको निसीखोलाकी स्थानीय ज्ञानकुमारी बुढाले बताउनुभयो । 

सदरमुकाम बागलुङ बजारदेखि ९१ किलोमिटरको दूरीमा रहेको बुर्तिबाङ स्वास्थ्य चौकीले मात्रै सामान्य अवस्थामा गर्भवती महिलालाई बच्चा जन्माउन सघाउँथ्यो । धेरै गाह्रो भयो भने त्यहाँबाट बागलुङ बजार र पोखरा पुग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो । अहिले भने निसीखोलाको सामुदायिक स्वास्थ्य क्लिनिक, तमानखोलाको खुंखानी स्वास्थ्य चौकी र ढोरपाटन सामुदायिक स्वास्थ्य क्लिनिकमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएका छन् । 

बर्थिङ गराउन सक्ने जनशक्ति उपलब्ध हुँदाहुँदै प्राविधिक सामग्रीका कारण सेवा उपलव्ध गराउन नसकेका तीन वटा स्वास्थ्य केन्द्रमा प्रयोगशाला स्थापना भएका छन् भने दुई वटा प्रयोगशालाको स्तरोन्नति गरिएको छ । निसी, तमान र ढोरपाटनमा अहिले मातृशिशु मृत्युदर घटाउने अभियान चलेको छ । अभियानमा स्थानीय सरकार सहभागी भएका छन् । उनीहरुलाई फेयरमेड फाउण्डेशन नेपाल नामक गैह्रसरकारी संस्थाले सघाएको छ । स्थानीय साझेदार संस्था भिमापोखरा युवा क्लब बागलुङले जिल्लाकै दुर्गम मानिने निसी, तमान र ढोरपाटनमा अभियानको सहजीकरण गरिरहेको छ ।

“अहिले धेरै सहज भएको छ, गाउँमै सुत्केरी गराउन पाउँदा गाउँलेहरु खुशी छन्”, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “हामी स्वास्थ्य सेवालाई अझै सहज बनाउन सहकार्यमा काम गर्छौं ।” बागलुङको सबैभन्दा दुर्गम मानिने निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरु परिवर्तन हुन थालेपछि सर्वसाधारणले राहत महसुस गर्न थालेका छन् । 

“हामीले त ! कम्ता दुःख पाइएन”, खुंखानीकी आशकुमारी रसाइलीले भन्नुभयो, “अहिले यतै बच्चा जन्माउने ठाउँ बनाएका छन्, अब मर्नु पर्दैन ।” गाउँमा खुलेका ‘बर्थिङ सेन्टर’ले स्वास्थ्यकर्मीलाई पनि खुशी बनाएको छ । “यहाँ आउने गर्भवतीलाई सामान्य चेकजाँच गरेर बुर्तिवाङ जानुस् भन्नुपर्दथ्र्यो, अब त्यो समस्या रहेन”, बोङ्गादोभान स्वास्थ्य चौकीका अहेब राजनकुमार थापाले भन्नुभयोे, “तीन–चार घण्टाको बाटो हिँडेर जानुभन्दा आफँैलाई अप्ठ्यारो लाग्थ्यो ।” प्रसूति गराउनका लागि आवश्यक सामग्री, प्रसूतिका चरणमा देखिने खतराको पहिचान गर्न प्रयोगशाला नभएका कारण पहिले–पहिले सिधै बुर्तिबाङ पठाउने गरेको उहाँले बताउनुभयो । 

फेयरमेडले ‘बर्थिङ सेन्टर’का लागि आवश्यक सामग्री, यन्त्र उपकरण, औषधिका साथै स्वास्थ्य स्वयंसेविकालाई तालीम, बच्चा जन्मेपछि हुने सङ्क्रमणबाट बचाउन स्वास्थ्यकर्मीलाई तालीम र नर्स नभएका ठाउँहरुमा प्यारामेडिक्र्सहरुलाई सुरक्षित प्रसूतिको विषयमा तालीम, बच्चालाई सिताङ्ग हुनबाट जोगाउन ‘बेबी वार्मर’ मेशिन दिएको छ । 

स्वास्थ्य संस्थामा उपलब्ध रहेको जशक्तिलाई परिचालन गरेर सेवा दिन स्थानीय तहहरुले व्यवस्था मिलाएका छन् । ‘बर्थिङ सेन्टर’ स्थापना भइसकेपछि गाउँका अधिकांश गर्भवती महिला प्रसूति हुन स्वास्थ्य चौकी आउने गरेको उहाँले बताउनुभयो । “पहिलेको तुलनामा अहिले धेरै सुधार भएको छ, पहिले धेरै महिलाहरु घरमै सुत्केरी हुनुहुन्थ्यो”, थापाले भन्नुभयोे, “अहिले धेरै महिला दिदीबहिनीहरु प्रसूति हुन स्वास्थ्य संस्थामा आउनुहुन्छ, गाउँमा यदाकदा अझै पनि घरमै सुत्केरी हुने चलन छ ।” 

तमानखोलामा बोङ्गादोभान, खुङ्खानी र तमान स्वास्थ्य चौकी गरी तीन वटा बर्थिङ सेन्टर रहेका छन् । निसीखोलामा बोहरागाउँ, देविस्थान, निसी र राजकुट स्वास्थ्य चौकीमा गरी चार वटा बर्थिङ सेन्टर छन् । ढोरपाटन बुर्तिबाङमा बर्थिङ सेन्टर स्थापन हुँदा गर्भवती महिलाहरुलाई सहज भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले