2026-09-13 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा पुनः विद्युत्भार कटौती, तालिका हेर्नुहोस

असार  २०, कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड कार्यालयअन्तर्गतको विद्युत्भार कटौती लालपुर सबस्टेशनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युत्भार कटौतीको तालिका सार्वजनिक गरिएको छ ।

 दुई वर्ष अघिदेखि हटेको विद्युत्भार कटौतीको तालिका पुनः शुरु गरिएको छ । प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख पवनकुमार भट्टको हस्ताक्षरित विद्युत्भार कटौतीको तालिकामा दैनिक चारदेखि छ घण्टासम्म विद्युत्भार कटौती गरिने जनाइएको छ ।

 तालिकाअनुसार बिहान, अपराह्न र राति गरी वाणी, पिपलाडी र झलारी फिडरमा छ घण्टा, भीमदत्तनगर, बनगाँउ, भाँसी, ऐठपुर, गड्डाचौकी र दोधारा चाँदनी फिडरमा चार घण्टा विद्युत्भार कटौती हुने जनाइएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि विद्युत्भार कटौती तालिका सार्वजनिक गरिएको छ । 

गर्मी बढेको र मनसुनी वर्षा नभएकाले लालपुर १३२ केभी सबस्टेशनमा जडान गरिएको पावर ट्रान्सफर्मरको क्षमताले नधान्ने अवस्था आएकाले विद्युत्भार कटौती गर्नुपरेको प्राधिकरणका कर्मचारीको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिडले सबस्टेशनमा रहेको ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गर्न केही दिन लाग्ने भएकाले विद्युत्भार कटौती बाध्यतावश गर्नुपरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले