२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

कारागारका कैदीमा छालाजन्य रोग

२० असार २०७६, शुक्रबार ०७:००

असार २०,  तनहुँ | तनहुँको कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखापरेको छ । कारागारमा रहेका १३९ कैदीबन्दीमध्ये १०-१२ जना कैदीबन्दीमा छालाजन्य रोग देखापरेको हो । 

एक महीनाअघि २०-२५ जनामा छालासम्बन्धी समस्या रहेकामा हाल उपचारपछि कमी आएको  कारागारका स्वास्थ्य सहायक सक्षम घिमिरेले बताउनुभयो । कारागारमा उपचार हुन नसकेका यस्ता समस्याका कैदीबन्दीलाई दमौली अस्पतालमा रिफर गरेर उपचार गर्ने गरिएको छ उहाँले भन्नुभयो, “दमौली अस्पतालमा पनि उपचार हुन नसकेका केही कैदीबन्दीका समस्यालाई पोखरासम्म पठाएर उपचार गरी निको पार्ने काम गरेका छौँ ।” 

 केही कैदीबन्दीमा टाउँको दुख्ने, रिँगटा लाग्ने रुघाखोकी जस्ता समस्या पनि देखापरेको छ उहाँले भन्नुभयो, “केही व्यक्तिमा कारागार चलान भएपछि हुने डिप्रेशन र बढ्दो गर्मी मौसमका कारण टाउको दुख्ने र रिँगटा लाग्ने जस्ता समस्या देखिएको छ ।” 

पैँतीस जना क्षमताको उक्त कारागारमा १३९ कैदीबन्दी रहँदै आएको कारागारका निमित्त जेलर नारायण अधिकारीले बताउनुभयो । ठाउँको अभावमा आठ महीनाको अवधिमा १९ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । 

कारागारमा हाल थुनुवा ६७ कैदी ७२ गरी १३९ कैदीबन्दी रहेका छन् । गर्मी समयमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने समस्याले गर्दा रातको समयमा सुत्न कठिनाइ भोग्नुपरेको कारागारका चौकीदार नरबहादुर थापाले बताउनुभयो ।

पाँच वटा सिसी क्यामरा

यसैगरी सुरक्षा संयन्त्र मजबुत बनाउन कारागारमा पाँच वटा सिसी क्यामरा जडान गरिएको छ । कारागार व्यवस्थापन विभागको सहयोगमा रु तीन लाखको लागतमा क्यामरा जडान भएको कारागारले जनाएको छ । जिल्ला न्यायाधीशले कारागारबाटै कैदीबन्दीको बकपत्र र पेशी लिने व्यवस्थाको लागि जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय र कारागारमा भिडियो कन्फेरेन्स जडान गरिएको हो ।

 भिडियो कन्फेरेन्स जडानपश्चात् समयको सदुपयोग, छिटोछरितो, अदालतसम्म ल्याउन लैजान झण्झटबाट मुक्त, सुरक्षित हुने र थोरै जनशक्तिले काम गर्न सकिन्छ सहायक निमित्त जेलर अधिकारीले भन्नुभयो, “करीब रु पाँच लाखको लागतमा उक्त भिडियो कन्फेरेन्स जडान गरिए पनि काम शुरु भएको छैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य