२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ संस्था छनौट, काठमाडौं बाहिरबाट पनि सुविधा पाइने

२० असार २०७६, शुक्रबार १०:३०

असार २०,काठमाडौं । रोजगारीका लागि मलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ वटा स्वास्थ्य संस्था छनौटमा परेका छन् ।  मलेसिया सरकारले पठाएको मापदण्ड पुर्‍याएका ९९ वटा स्वास्थ्य संस्थालाई छनौट गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

छनौटमा परेसंगै अबदेखि कामदारले ९९ वटा स्वास्थ्य संस्थाबाट आफ्नो स्वास्थ्य परीक्षण गराउन सक्ने भएका छन् । यसअघि मलेसिया सरकारले तोकेका ३७ वटा स्वास्थ्य संस्थाबाट मात्रै यस्तो परीक्षण गराउन पाइने सुविधा थियो । हालको सूचीमा रहेका ३७ मध्ये एउटा संस्था मापदण्ड पुरा गर्न असफल भएर सूचीकृत भएन ।

काठमाडौं बाहिरबाटै सुविधा पाइने 

नयाँ थपिएका मध्ये काठमाडौं बाहिर पनि थुप्रै स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । छनौटमा परेका संस्था पूर्वी नेपालको झापा देखि पश्चिममा कैलालीसम्मका रहेका छन् । दाङ, धनुषा, सुनरी झापा, कास्की, बाँके लगायतका जिल्लाका संस्था समेटिएका छन् ।

मलेसिया जाने स्वास्थ्य संस्थामा सूचीकृत हुन श्रम मन्त्रालयमा २९० वटा संस्थाले आवेदन दिएका थिए । २०६९ सालपछि नयाँ संस्था दर्ता र सूचीकरण हुन् सकेको थिएन। विदेश जाने कामदारको स्वास्थ्य परीक्षणको लागि हालसम्म २२६ वटा स्वास्थ्य संस्थाले मात्रै काम गर्दै आएका थिए। 

मापदण्ड पूरा गरेका स्वास्थ्य संस्था 

मापदण्ड पूरा नगर्ने स्वास्थ्य संस्था

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट